बुधबार, जेष्ठ २०, २०८३ | June 3, 2026

सिथि नखः अर्थात् नेपाली पानी दिवस

सिथि नखः अर्थात् नेपाली पानी दिवस

  • Naveen Sanchar

  • मङ्लबार, जेष्ठ १९, २०८३

  • 126
    Views
सिथि नखः अर्थात् नेपाली पानी दिवस

– विरेन्द्र शाक्य ‘विविशा’

सिथि नखः वर्षभरि नेवाः समुदायले मनाउने चाडपर्वहरुमध्ये वर्षकै अन्तिम चाड हो । बैशाख–जेठमा पर्ने सिथि नखः मनाएपछि चाडपर्व सकिन्छ र खेतिपातीका लागि जुट्छन् । यो वर्षको सिथि नखः चाड अधिकमासका कारण असार ६ गते पर्न गएको छ । वर्षायामअघि पर्ने सिथि नखःमा नेवाः समुदायहरु टोल–बस्तिमा भएका पानीका स्रोतहरु ईनार, पॅधेरो, पोखरी र ढुंगेधारा सरसफाई गर्दछन् । पानीका लागि प्रकृति अर्थात् आकासे पानीमै निर्भर रहेका बेला सिथि नखःमा पानीका स्रोतहरु सफा गर्नु भनेको वर्षभरिका लागि खानेपानीको जोहो हुने भएकाले पानी पर्नुअघिको चाड सिथि नखःलाई पानीका स्रोतहरु सफा गर्ने दिनको रुपमा परापूर्वकालदेखि मनाउॅदै आएको छ । यसअर्थमा सिथि नखःलाई नेपाली पानी दिवसको रुपमा लिंदा वा मनाउॅदा पनि खासै फरक नपर्ने देखिन्छ । तर हामी देशमा विदेशी क्यालेण्डरअनुसार पानी दिवस मनाउने गर्दछौं ।

आधुनिक विकाससंगै मुहानबाट पाईप लाईन विस्तार भै टोल–टोलमा ट्यांकी र घर–घरमा धारा पुगिसकेको वर्तमान समयमा कुवा, पॅधेरो, ईनार, पोखरी र ढुंगेधाराहरु अत्यावश्यक पूर्वाधारभन्दा पनि शोभा र सौन्दर्यका साधनमा सीमित हुन पुगेको छ । पुरातात्विक सम्पदाका रुपलेमात्र संरक्षणमा प्राथमिकता पाउॅदै आएको छ । बढ्दो जनसंख्या र सहरिकरणसंगै हाम्रो सभ्यताका दुर्लभ पूर्वाधारहरु मासिंदै, लोप हुॅदै गईरहेका छन् । बद्लिंदो जीवनशैलीले यस्ता पूर्वाधारहरु ओझेलमा पर्दै गएका छन् भने आजको नयॉ पुस्ताले त्यसको प्रयोग र महत्व बिर्संदै गएका कारण हाम्रा संस्कार र परम्पराहरु पनि विस्तारै हराउॅदै, विलाउॅदै गैरहेका छन् र सिथि नखःमा हुने, गरिने कार्यहरु पनि बिर्संदै गैरहेका छन् । परम्पराको रुपमा नलिईएको वा नबुझाईएको भए सायद् बिर्सिसक्थे, हराईसक्थे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha