मङ्लबार, चैत्र ३, २०८२ | March 17, 2026

लिस्बनबाट विश्वमञ्चसम्म: नेपाली स्वादको गौरव ‘ओभन’

लिस्बनबाट विश्वमञ्चसम्म: नेपाली स्वादको गौरव ‘ओभन’

  • Naveen Sanchar

  • सोमवार, चैत्र २, २०८२

  • 44
    Views
लिस्बनबाट विश्वमञ्चसम्म: नेपाली स्वादको गौरव ‘ओभन’
-रिवाज आचार्य
लिस्बन ।
पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालित नेपाली रेस्टुरेन्ट ‘ओभन’ ले फेरि एकपटक नेपाली समुदायको शिर उच्च बनाएको छ। विश्वप्रसिद्ध Michelin Guide मा लगातार दोस्रो वर्ष स्थान सुरक्षित गर्न सफल हुँदै यस रेस्टुरेन्टले नेपाली स्वाद र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको छ।
नेपाली सेफ हरि चापागाईंको नेतृत्वमा सञ्चालन भइरहेको यस रेस्टुरेन्टले परम्परागत नेपाली परिकारलाई आधुनिक प्रस्तुतीकरणसहित विश्वका ग्राहकसम्म पुर्‍याइरहेको छ। मौलिक स्वाद, गुणस्तरीय सेवा र निरन्तर मेहनतकै कारण ‘ओभन’ले अन्तर्राष्ट्रिय स्तरमा विश्वास जित्न सफल भएको हो।
यो उपलब्धि केवल एउटा रेस्टुरेन्टको सफलता मात्र होइन, विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायको गर्व र प्रेरणाको विषय बनेको छ। नेपाली परिश्रम, सीप र संस्कृतिले विश्व बजारमा स्थान बनाउन सक्छ भन्ने उदाहरण ‘ओभन’ले पुनः प्रमाणित गरेको छ।
लिस्बनबाट उठेको यो सफलताको कथा आज विश्वभर फैलिएका नेपालीहरूका लागि आशा, आत्मविश्वास र गर्वको प्रतीक बनेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha