सोमवार, कार्तिक ३, २०८३ | October 19, 2026

नेपालका बाढीपीडित २५ परिवारलाई राहत सहयोग गर्ने संस्थाप्रति युनाइटेड शेर्पा एसोसिएसनको आभार

नेपालका बाढीपीडित २५ परिवारलाई राहत सहयोग गर्ने संस्थाप्रति युनाइटेड शेर्पा एसोसिएसनको आभार

  • Naveen Sanchar

  • सोमवार, कार्तिक ३, २०८३

  • 4
    Views
नेपालका बाढीपीडित २५ परिवारलाई राहत सहयोग गर्ने संस्थाप्रति युनाइटेड शेर्पा एसोसिएसनको आभार

नवीनसञ्चार

कोलोराडो, अमेरिका।

नेपालमा हालै आएको बाढीबाट प्रभावित २५ परिवारलाई राहत सामग्री उपलब्ध गराउन सहयोग गरेको भन्दै युनाइटेड शेर्पा एसोसिएसन अफ कोलोराडोले वेस्टर्न कोलोराडो फ्रेन्ड्स अफ द हिमालयजप्रति हार्दिक आभार व्यक्त गरेको छ।

एसोसिएसनका अनुसार बाढी प्रभावित परिवारहरूलाई प्रत्यक्ष रूपमा आवश्यक राहत सामग्री पुर्‍याउन वेस्टर्न कोलोराडो फ्रेन्ड्स अफ द हिमालयजले प्रमुख दाताका रूपमा सहयोग गरेको थियो। विपद्का कारण कठिन परिस्थितिमा रहेका परिवारलाई राहत उपलब्ध गराउने कार्यमा संस्थाले देखाएको उदारता र मानवीय सेवाभावको एसोसिएसनले प्रशंसा गरेको छ।

एसोसिएसनले संस्थाकी अध्यक्ष भ्याल बर्नेल तथा बोर्ड सदस्यहरू निमा ल्हामु शेर्पा, आङ दानु शेर्पा, केल्भिन केन्ट, टेरी बर्नेल, क्यारोल पार्कर र मार्ल कारप्रति विशेष धन्यवाद व्यक्त गरेको छ।

करुणा केवल बोलीमा सीमित नरही व्यवहारमा उतार्नुपर्ने बौद्ध शिक्षाको स्मरण गर्दै एसोसिएसनले हजारौँ माइल टाढा रहेर पनि विपद्मा परेका मानिसको दुःख कम गर्न सकिने यस सहयोगले प्रमाणित गरेको जनाएको छ।

“करुणा भनेको कुरा गर्ने विषय मात्र होइन, व्यवहारमा उतार्ने कार्य हो,” भन्ने सन्देशसहित एसोसिएसनले सहयोगी संस्थाका सदस्यहरूको उदारता र समर्पणले कठिन परिस्थितिमा रहेका परिवारहरूमा आशा जगाउने विश्वास व्यक्त गरेको छ।

समुदायमा मानवीय सेवा, सहयोग र करुणाको भावना अभिवृद्धि गर्न योगदान पुर्‍याउने यस्ता मित्रहरूप्रति गर्व र कृतज्ञता व्यक्त गर्दै एसोसिएसनले सम्पूर्ण सहयोगीप्रति हृदयदेखि नै धन्यवाद ज्ञापन गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha