सोमवार, फाल्गुन ११, २०८२ | February 23, 2026

एसजे मोटो र हिमालयन जाभा नयाँ स्वरुपमा

एसजे मोटो र हिमालयन जाभा नयाँ स्वरुपमा

  • Naveen Sanchar

  • आइतवार, फाल्गुन १०, २०८२

  • 11
    Views
एसजे मोटो र हिमालयन जाभा नयाँ स्वरुपमा

 

काठमाडौं,

पोखराको पहिलो संयुक्त आउटलेटको अपार सफलतापछि, ‘एसजे मोटो’ र ‘हिमालयन जाभा’ ले काठमाडौंमा रहेको आफ्नो दोस्रो आउटलेट नयाँ र परिमार्जित स्वरूपमा पुनः सञ्चालनमा ल्याएका छन्। सन् २०२१ मा स्थापना भएको यस आउटलेटलाई अहिले पूर्ण रूपमा नयाँ सजावट र फराकिलो सिटिङ एरियासहित स्तरोन्नति गरिएको छ। यसको मुख्य उद्देश्य बाइक पारखी र कफी प्रेमीहरूलाई एउटै छानामुनि ल्याउनु हो।

काठमाडौंको यो आउटलेटले यस्तो विशेष वातावरण प्रदान गर्दछ, जहाँ ग्राहकहरूले प्रिमियम कफीको स्वाद लिँदै एक-आपसमा भेटघाट गर्न र मोटरसाइकल संस्कृतिको मज्जा लिन सक्नेछन्। यसलाई एउटा सामान्य क्याफे मात्र नभएर उत्कृष्ट ‘लाइफस्टाइल डेस्टिनेसन’को रूपमा विकास गर्ने एसजे मोटो र हिमालयन जाभाको साझा दृष्टिकोण रहेको छ। नयाँ आउटलेटमा ग्राहकको सुविधा, आपसी भाइचारा र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको छ।

यस विषयमा बोल्दै एसजे मोटोका संस्थापक सौरभ ज्योतिले भने, “पोखरामा पहिलो संयुक्त आउटलेट खोलेदेखि नै हामीले बाइकर र कफी प्रेमीहरूको समुदाय बढ्दै गएको पाएका छौं। दुवै क्षेत्रप्रतिको यही लगावलाई अझ प्रोत्साहन गर्न र उत्कृष्ट अनुभव प्रदान गर्न हामीले काठमाडौंको यो आउटलेटलाई थप फराकिलो र आकर्षक बनाएका हौं।”

लामो राइडमा निस्किनुअघि रिफ्रेस हुन होस्, आफ्ना राइडर साथीहरूसँग भेटघाट गर्न होस् वा उत्कृष्ट कफीको मज्जा लिन होस्— नयाँ स्वरूपको  एसजे मोटो र हिमालयन जाभा आउटलेटले सबैलाई एक उत्कृष्ट र फरक अनुभव प्रदान गर्ने विश्वास लिइएको छ।

आउटलेट सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिएको छ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha