आइतवार, फाल्गुन १०, २०८२ | February 22, 2026

कीर्तिपुरमा मेडकेयरको सेवा  विस्तार

कीर्तिपुरमा मेडकेयरको सेवा  विस्तार

  • Naveen Sanchar

  • आइतवार, फाल्गुन १०, २०८२

  • 34
    Views
कीर्तिपुरमा मेडकेयरको सेवा  विस्तार

– नवीनसञ्चार सम्वाददाता
कीर्तिपुर ।

औषधीसम्बन्धी सेवा तथा ब्यवसाय गर्दै आएको मेडिकेयर फार्मेसीले कीर्तिपुरमा आफ्नो शाखा तथा सेवा विस्तार गरेको छ । काठमाडौंको टोखामा केन्द्रीय कार्यालय रहेको मेडिकेयर फार्मेसीले  आईतवारबाट कीर्तिपुरमा शाखा विस्तार गरेको जनाएको छ ।  एक कार्यक्रमका बच कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले कीर्तिपुर २, गःसि टोलमा खोलिएको शाखाको रिवन काटेर शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा कीर्तिपुर १, २ र १० नम्बर वडाका वडाअध्यक्ष इच्छाकुमार महर्जन, ई. रुपेश महर्जन र नरेश महर्जनलगायत प्रहरी वृत्त, कीर्तिपुरका डिएसपी शिव बुढाथोकी र विष्णुदेवी नगर आस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. अरुण गौतम लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha