आइतवार, फाल्गुन १०, २०८२ | February 22, 2026

महिला हस्तकला उद्यमीलाई सशक्त बनाउन हरक्राफ्ट मेला

महिला हस्तकला उद्यमीलाई सशक्त बनाउन हरक्राफ्ट मेला

  • Naveen Sanchar

  • शनिबार, फाल्गुन ९, २०८२

  • 8
    Views
महिला हस्तकला उद्यमीलाई सशक्त बनाउन हरक्राफ्ट मेला

-नवीनसञ्चार सम्वाददाता
काठमाडौं । महिला हस्तकला उद्यमीलाई सशक्त बनाउन आयोजित हरक्राफ्ट मेला २०२६ बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा सम्पन्न भएको छ । मेलामा नेपाली जैविक कपडाबाट निर्मित हस्तनिर्मित गृह सजावटका सामग्री तथा दैनिक प्रयोगका वस्तुको विशेष संग्रह प्रदर्शन गरिएको थियो ।


एक्शनएड इन्टरनेशनल नेपालको निरन्तर सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रमले हक्र्राफ्ट नेपाललाई महिला नेतृत्वमा सञ्चालित सामाजिक उद्यमका रूपमा स्थापित गर्दै पारम्परिक नेपाली हस्तकलालाई समकालीन बजारसँग जोड्ने प्रयासलाई प्रतिबिम्बित गरेको छ । यस पहलले महिला हस्तकला उद्यमीका लागि दिगो आयआर्जनका अवसर सिर्जना गर्दै दीर्घकालीन आर्थिक सुदृढता र सामुदायिक समृद्धिमा योगदान पु-याएको छ ।
प्रदर्शनीमा राखिएका सामग्रीले महिला हस्तकला उद्यमीको सीप, सिर्जनशीलता र समर्पणलाई उजागर गरेका थिए। मेलाबाट प्राप्त सम्पूर्ण आम्दानी महिला उद्यमीहरूको आर्थिक आत्मनिर्भरता सुदृढ गर्न तथा सामुदायिक विकासका पहलमा पुनः लगानी गरिनेछ ।
होटल द्वारिकाजको सहयोगमा सम्पन्न उक्त कार्यक्रमले सांस्कृतिक सम्पदाको संरक्षण गर्दै समावेशी आर्थिक विकास प्रवद्र्धनमा महिला नेतृत्वमा सञ्चालित उद्यमको महत्वपूर्ण भूमिकालाई उजागर गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha