शुक्रबार, माघ १०, २०८२ | January 23, 2026

जन्मभूमिको सम्झना झलझली आउँछ । – अलि महम्मद मियाँ

जन्मभूमिको सम्झना झलझली आउँछ । – अलि महम्मद मियाँ

  • Naveen Sanchar

  • मङ्लबार, मंसिर २४, २०८२

  • 291
    Views
जन्मभूमिको सम्झना झलझली आउँछ । – अलि महम्मद मियाँ

गोरखाको सिरानचोक गाउँपालिका,  वार्ड न ३,  हर्मी स्थायी ठेगाना भई हाल  वैदेशिक रोजगारीको सिलशिलामा G to G Pilot Project अन्तर्गत सन् २०१५ मा इजरायलको रोजगारीमा जाने पहिलो नेपाली मुस्लिम अलि महम्मद मियाँसँग नवीनसञ्चारले गरेको आत्मीय  कुराकानीः

No photo description available.

·      यहाँको जन्मस्थानबारे केही बताइदिनुस् न ? 

गोर्खा जिल्लाको त्यतिबेलाको हर्मी गा बि स वडा न ६ नवलपुर (हाल सिरानचोक ३ हर्मी ) एक साधारण परिवारमा जन्मेको ।

·      जन्मभूमिको सम्झना कतिको आउँछ ?

जन्मभूमि भनेको जन्म दिने आमा समान हो ।सम्झनाको सीमा हुदैन । आफु जन्मेको ठाउँ, समाज ,साथीभाई यी सबै सधैँ आँखा अगाडि नै झल्झली आउँछ ।

·      इजरायल आउनु भएको कति भयो ?

२०१५ मा G to G pilot project अन्तर्गत भएको सम्झौता अनुसार म नाम निकालेर २०१८ सेप्टेम्बर ५ मा इजरायल आएको हो ।

·      इजरायलमा बसेर काम गर्दा यहाँको अनुभव कस्तो रह्यो ?

म कलेज पढ्दापढ्दै १९९९ अक्टोबर १६ तारिक त्यतिबेला दशैको फूलपातीको दिन मेरो पहिलो बैदेशिक यात्रा सुरु भएको हो । अहिले सम्म मेरो जिबनको आधा जीवनकाल नै  वैदेशिक रोजगारीमा बितेको छ तर इजरायलमा मेरो नितान्त फरक अनुभव र भोगाई रहेको छ ।जुन भोगाई मेरो जीवनको एक परिबर्तनको शुत्र मात्र नभएर आफ्नो मात्रिभुमि प्रति कति बफादार बन्नु पर्छ भन्ने कुरा सिकाएको छ ।

·      इजरायलमा यहाँले पाउनु भएका र गुमाउनु भएका कुरा के के छन् ?

जब हामि बैदेशिक रोजगारीमा हिड्छौ तब हरेक चिज गुम्न सुरु हुन्छ तर बिदेशमा काम गर्दै गर्दा कैयौ खुसि पाएका त हुन्छौ तर त्यो खुसि पर्दा पछाडिको फिल्मको रोल जस्तो लाग्छ ।जुन खुसीले गुमाएका जीवनका अमुल्य क्षण हरु छन त्यो अब खोजेर र किनेर कहिल्यै पाउन सकिदैन ।जुन लेखेर होइन मन भित्र सिलालेख जस्तै भएर बसेको हुन्छ ।

 

·      इजरायलमा कार्यरत नेपालीहरुको अबस्था कस्तो छ ?

बिस्वको तुलनामा इजरायल नेपालीहरुको सुरक्षित् कार्य स्थल हो ।यहा मेहेनत गर्ने जो कोहि पनि फुर्सदिलो हुदैन ।हामी नेपालीहरु हरेक दृस्टीकोण बाट इजरायलमा खुसि छौ ।

No photo description available.

·      यहाँले साहित्य, समाजसेवाका क्षेत्रमा पनि केही गर्नुभएको छ ?

अबस्य , म मेरो फुर्सदको समयलाई कहिलेकाही साहित्य लेखनमा पनि व्यस्त हुन्छु तर मेरो साहित्य कुनै आधिकारिक पेज वा पुस्तकमा समाबेश छैन ।केवल आफ्नो मनको बेदना गजल कबिता मार्फत मेरो फेसबुकमा पोस्ट गर्ने गर्छु । सामाजिक सेवामा मेरो पहिलादेखि नै चासो र काम गर्दै आएको मान्छे हो । समाज सेवाको लागि मैले दिनु पर्ने अब खासै केहि बचे जस्तो लाग्दैन ।

·      इजरायल  र नेपालबीच के कस्ता  भिन्नता पाउनुभयो ?

इजरायल र नेपाल बीच तुलना गर्न मिल्दैन हो नेपाल प्राकृतिक स्रोतले संसारकै धनि देश भएता पनि यहाका नेता शासकहरुले देशको लागि काम गरेका छैन उनीहरु विदेशको लागि काम गरेका छन् त्यसैले संसारकै धनि हुनुपर्ने नेपाललाई आज संसारकै गरिब देश बनाइ दिए ।

तर इजरायलका नेता र यहा शासकहरु देश र जनाताको लागि काम गर्छन र संसारकै शक्तिशालि देश बनाउन सफल भएका छन ।

·      नेपाल सरकार, श्रम  मन्त्रलाय, वैदेशिक रोजगार बोर्ड, इजरायलस्थित नेपाली दूतावास र वैदेशिक रोजगारसँग सरोकार राख्ने निकायलाई यहाँले केही सुझाव दिन चाहनुहुन्छ ?

सुझाबहरु हजारौ छन् तर हामी जस्ता  वैदेशिक रोजगारीमा आएका नेपालीहरुको सुझाबको कुनै अर्थ हुदैन त्यसैले म केहि भन्न चाहन्न

 

·      यहाँको विचारमा सम्भावना भएर पनि नेपालको विकास हुन नसक्नुको मुख्य कारण के होला ?

नेपालमा विकास नभएको मुख्य कारण राजनीतिक अस्थिरता, भ्रष्टाचार, कमजोर सुशासन, पूर्वाधारको कमी, जनशक्ति विदेशिने समस्या र स्रोत–साधनको सही व्यवस्थापन नहुनु हो।

·      जीवन के हो जस्तो लाग्छ?

जीवन कहिले कठिन, कहिले मिठो; कहिले उकालो–ओरालो, कहिले शान्त छायाँजस्तै ।

तर अन्ततः जीवन हामीले कसरी हेर्छौं र बुझ्छौं, त्यही अनुसार बदलिने एउटा ऐना जस्तै लाग्छ।

·      नेपाली दाजुभाइ दिदीबहिनीलाई केही सन्देश दिन चाहनुहुन्छ ?

नेपाली दाजुभाइ दिदीबहिनीहरू, जहाँ भए पनि एकअर्कालाई सम्मान गरौँ, सहयोग गरौँ र नेपाली पहिचान, मेहनत र एकता जोगाएर अघि बढौँ। मेहनती बनौँ, सकारात्मक सोच राखौँ र देश–परदेश जहाँ पनि आफ्नो नाम उज्यालो पारौँ।

No photo description available.


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha