शनिबार, माघ १८, २०८२ | January 31, 2026

सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री एनआरएनए मुख्यालयमा, लगानी बारे छलफल

सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री एनआरएनए मुख्यालयमा, लगानी बारे छलफल

  • Naveen Sanchar

  • बिहिबार, माघ १८, २०८०

  • 100
    Views
सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री एनआरएनए मुख्यालयमा, लगानी बारे छलफल

नवीनसञ्चार काठमाण्डौं

गैरआवासीय नेपाली संघ ९एनआरएनए० र सुदुरपश्चिम प्रदेश सरकारबीच लगानी संभावनाका बारेमा छलफल भएको छ । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा मंगलवार सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र संघका अध्यक्ष डा। बद्री केसीबीच प्रदेशमा गैरआवासीय नेपालीहरुको लगानीका सम्बन्धमा भेटवार्ता  भएको हो ।

मन्त्री शाहीले सुदुरपश्चिम प्रदेश लगानीको लागि उत्कृष्ठ गन्तव्य भएको बताउदै प्रवासमा बस्ने नेपालीहरुलाई लगानीको लागि आग्रह गर्नुभयो ।उहाँले यसअघि गैरआवासीय नेपाली संघले सुदरपश्चिममा गरेको परोपकारी कामप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संघसंग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघले आगामी दिनमा प्रदेश सरकारसंग मिलेर काम गर्ने नीति लिएको जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा कोशी प्रदेशको चियालाई प्रवर्दन गर्नको लागि संघले काम अघि बढाएको बताउनु भयो । छलफलका क्रममा सुदुरपश्चिममा लगानीका सम्भवना र चुनौतिका विषयमा छलफल भएको थियो । कार्यक्रममा  गैरआवासीय नेपाली संघकी महिला उपाध्यक्ष रोजिनाराई प्रधान, सल्लाहकार टिबी कार्की र संघको प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत र गैरआवासीय नेपाली नागिरकता सम्बन्धि श्रोत व्यक्ति सरोज दाहाल लगायतको उपस्थिति थियो ।

 



सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha