शुक्रबार, फाल्गुन २२, २०८२ | March 6, 2026

नागार्जुन नगरपालिकाद्वारा राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि जग्गा प्राप्तिको पूर्व सम्भाव्यता अध्ययन

नागार्जुन नगरपालिकाद्वारा राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि जग्गा प्राप्तिको पूर्व सम्भाव्यता अध्ययन

  • Naveen Sanchar

  • सोमवार, कार्तिक १३, २०८०

  • 187
    Views
नागार्जुन नगरपालिकाद्वारा राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि जग्गा प्राप्तिको पूर्व सम्भाव्यता अध्ययन

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नागार्जुन नगरपालिकाद्वारा मृगौला तथा कलेजो रोगहरुको उपचार एवं प्रत्यारोपण तथा डायलोसिसका लागि नेपाल सरकारको आ.व. २०८०/०८१ को आर्थिक नीति तथा कार्यक्रममा समेटिएको राष्ट्रिय गौरवको ५०० सैयासहितको ‘शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र’लाई यस नगरपालिकाको वडा नं. ५ आदेश्वर स्थित ढुङ्गा खानीमा रहेको सडक विभागको जग्गा र सरकारी प्रति जग्गामा स्थापना गरी सञ्चालन गर्नका लागि आज पूर्व सम्भाव्यता अध्ययन गर्न स्थलगत निरीक्षणको कार्य सम्पन्न गरिएको छ । उक्त जग्गा सडक विभाग र सरकारसँग माग गरी यथाशक्य छिटो उक्त केन्द्रको भवन निर्माण सम्पन्न गरी उपचार प्रारम्भ गरिने योजना रहेको छ । यसबाट नागार्जुन नगरबासीले सहज रुपमा मृगौला तथा कलेजो सम्बन्धी रोगको उपचारबाट प्रत्यक्ष लाभ लिन सक्नेछन् भने देशभरिका नगरिकले पनि सेवा प्राप्त गर्न सक्नेछन् । अनुगमनमा नगर प्रमुख, नगर उप–प्रमुख सुशिला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, वरिष्ठ इन्जिनियर कञ्चन खनाल तथा उक्त केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ, प्रशासन प्रमुख सुषमा महता, युरोलोजिष्ट एवं प्रत्यारोपण सर्जन डा. दिपेश श्रेष्ठ तथा डा. रोजन अधिकारी, लेखा अधिकृत युवराज भट्टराई, शाखा अधिकृत हरिहर पोख्रेल, खरिदार राचन्द्र पौड्याल, नेपाली कांग्रेसका शैलेश कर्माचार्य लगायत विभिन्न महानुभावको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha