शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

नयाँ बानेश्वरमा प्रदर्शन गर्ने २७ अधिकारकर्मी प्रहरी नियन्त्रणमा

नयाँ बानेश्वरमा प्रदर्शन गर्ने २७ अधिकारकर्मी प्रहरी नियन्त्रणमा

  • Naveen Sanchar

  • आइतवार, कार्तिक १२, २०८०

  • 146
    Views
नयाँ बानेश्वरमा प्रदर्शन गर्ने २७ अधिकारकर्मी प्रहरी नियन्त्रणमा

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । संक्रमणकालीन न्याय निरुपणको माग गर्दै नयाँ बानेश्वरस्थित संसद भवनअघि मानवधिकार तथा शान्ति समाजद्वारा आयोजित प्रदर्शनमा सहभागी अधिकारीकर्मी कृष्ण पहाडीसहित २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ गरिएकालाई महानगरीय प्रहरी वृत्तमा राखिएको पक्राउ पर्नुभएका नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)का अध्यक्ष भोलानाथ चालिसेले नवीनसञ्चारलाई जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरूमा समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, पूर्वअध्यक्ष उत्तम पुडासैनी, वर्तमान केन्द्रीय अध्यक्ष रामकृष्ण बरालसहित करिब डेढ दर्जन रहेका छन्। पक्राउ पर्नेमा सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, चितवन शाखा सभापति शम्भु राउत अधिकारकर्मीहरु कल्याण बुढाथोकी ( द्वन्द पिडित साझा चौतारकिा का.वा. अध्यक्ष), जगन्नाथ पुडासैनी, विकास थापा, सानु लामा, सुप्रिया सापकोटा, सार्जन चापागाई, सुन्दरराज पुडासैनी, नानीकाजी गिरी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, तुलसीराम भण्डारी, दुर्गा सापकोटा, नानीकाजी प्याकुरेल, वुद्ध रिसाल, नवराज चापागाई, भोलानाथ चालीसे, शिवकुमार बुढाथोकीसहित २७ जना रहेको चालिसेले बताउनुभयो । संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा विचाराधिन संसोधन विधेयक मानव अधिकारमैत्री बनाई संसदको गरिमा जोगाउने माग राख्दै प्रदर्शन गरिएको थियो ।

सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा फागुन १ गते दिएको सार्वजनिक बिदा खारेजीसँगै विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न, संक्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसदमा प्रस्तुत संसोधन विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने लगायतका माग अघि सार्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका अधिकारीकर्मीमाथि प्रहरीले दमन गरेको हो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha