बिहिबार, फाल्गुन २८, २०८२ | March 12, 2026

४० कर्मचारीलाई निजामती सेवा पुरस्कार

४० कर्मचारीलाई निजामती सेवा पुरस्कार

  • Naveen Sanchar

  • शुक्रबार, भदौ २२, २०८०

  • 411
    Views
४० कर्मचारीलाई निजामती सेवा पुरस्कार

काठमाडौँ ।नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार सरकारले निजामती सेवा दिवसको अवसरमा एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने भएको छ । एक लाख राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री कार्यालय सिंहदरबारका सहसचिव बुद्धबहादुर गुरुङ, सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल, रामग्राम नगरपालिका नवलपरासी पश्चिमका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का र कानुन मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल रहनुभएको छ ।सरकारले २ लाख रुपैयाँ पुरस्कार राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी यस वर्ष पनि छनोट नगरेको जनाएको छ ।

निजामती सेवा पुरस्कार प्राप्त गर्ने अन्य कर्मचारीको नामावली :


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha