शनिबार, चैत्र १, २०८१ | March 15, 2025

क्यान्सरपीडित बालिकालाई आर्थिक सहयोग

क्यान्सरपीडित बालिकालाई आर्थिक सहयोग

  • Naveen Sanchar

  • मङ्लबार, भदौ १९, २०८०

  • 1.3K
    Views
क्यान्सरपीडित बालिकालाई आर्थिक सहयोग

काठमाडौँ । मेचीमहकाली बुहारी सयुक्त आवाजको चौँथो वार्षिकोत्सव तथा संस्थाकी परिकल्पनाकार यमु शर्मा सुब्बाको जन्मदिनको अवसरमा संस्थाको बारा जिल्ला कार्यसमितिले निजगढ नगरपालिका वडा नम्बर ४ निवासी क्यान्सर पीडित बालिका स्वस्तिका तिमल्सिनालाई उपचारको लागि आर्थिक सहयोग गरेको छ । सो अवसरमा क्यान्सरपीडित बालिका तिमिल्सिनाको परिवारलाई उपचार खर्च स्वरुप ११ हजार एक सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ । सोही वडास्थित मानवसेवा आश्रममा रहेका ३० जना वृद्धवृद्धालाई बिहानको भोजन समेत वितरण गरी संस्थाको वार्षिकोत्सव मनाइएको थियो । कार्यक्रममा निजगढ नगरपालिकाका जनप्रतिनिधि, आश्रम व्यवस्थापन तथा आयोजक संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो ।संस्थाले महिला तथा बलाबालिकामाथि हुने हिंसाविरुद्ध विविध रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha