शनिबार, माघ १८, २०८२ | January 31, 2026

मारवाडी सेवा समिति नेपाल र पशुपति गौशाला धर्मशालाद्वारा निर्मित प्रतीक्षालयको समुद्घाटन

मारवाडी सेवा समिति नेपाल र पशुपति गौशाला धर्मशालाद्वारा निर्मित प्रतीक्षालयको समुद्घाटन

  • Naveen Sanchar

  • सोमवार, भदौ १८, २०८०

  • 371
    Views
मारवाडी सेवा समिति नेपाल र पशुपति गौशाला धर्मशालाद्वारा निर्मित प्रतीक्षालयको समुद्घाटन

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । मारवाडी सेवा समिति नेपाल तथा पशुपति गौशाला धर्मशालाद्वारा निर्मित यात्रु प्रतीक्षालयको समुद्घाटन काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्रीको प्रमुख आतिथ्य एवं काठमाडौं महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष आशामान संगतको आतिथ्यमा सम्पन्न भएको छ। सो प्रतीक्षालय महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक सञ्जीव बाबु खड्काको अनुरोधमा निर्माण गरिएको हो ।


कार्यक्रममा मारवाडी सेवा समिति नेपालका कार्यबाहक अध्यक्ष निरञ्जनकुमार कुमार टिवरेवाला र गौशाला धर्मशालाका महासचिव महावीर घिराईयाले मारवाडी सेवा समिति नेपाल र पशुपति गौशाला धर्मशालाले गर्दै आएको सेवा कार्यहरुको बारेमा जानकारी गराउनु भएको भएको थियो। प्रमुख अतिथि काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक खत्रीले मारवाडी समाजद्वारा संचालित संस्थाले समाजका विभिन्न क्षेत्रमा गर्दै आएको सेवा कार्यको मुक्त कण्ठले प्रसंशा गर्नुभएको थियो।


कार्यक्रममा मारवाडी सेवा समिति नेपालका कार्यबाहक अध्यक्ष टिवरेवाला, उपाध्यक्ष नारायण बजाज, महासचिव प्रमोदकुमार अग्रवाल(चौधरी), कोषाध्यक्ष धर्मेन्द्र अग्रवाल, कार्यसमिति सदस्य अनिल शर्मा, आकाश गोल्छा, पशुपति गौशाला धर्मशालाका अध्यक्ष चतुर्भुज सरीया, उपाध्यक्ष रमेश तापडिया, महासचिव महावीर घिराईया, कोषाध्यक्ष सुरेशकुमार मित्तल, सचिव कपिल अग्रवाल, रतन शर्मा र कार्यसमिति सदस्य विनोद गोयलको समेत उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha