
काठमाडौँ । गोवंशहत्याको विरोधमा विभिन्न धार्मिक एवं सामाजिक संघसंस्थाको सहभागितामा आगामी शनिबार बुटबलको राजमार्ग चौराहदेखि ट्राफिक चोकसम्म वृहद् गोरक्षा शान्ति -याली हुने भएको छ ।कामधेनु गौधाम, रुपन्देहीका संरक्षक गोव्रती योगी सोमराजजी महाराजको संयोजकत्वमा आयोजना हुने -यालीमा हजारौँको संख्यामा सनातन धर्मामलम्वीको सहभागिता रहने आयोजकले जनाएका छन् । बिहान ७ः३० बजे सुरु हुने पदयात्रामा सहभागी भई गौहत्याकाविरुद्ध ऐक्यबद्धता जनाउन कार्यक्रमका सहसंयोजक एवं विश्व ज्योतिष महासंघ, बुटवल प्रदेशका सभापति जनार्दन न्यौपानेले सम्पूर्ण सनातन धर्मावलम्बीलाई अनुरोध गर्नुभयो ।