बिहिबार, फाल्गुन ७, २०८२ | February 19, 2026

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक,वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक,वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत

  • Naveen Sanchar

  • शुक्रबार, भदौ १, २०८०

  • 400
    Views
नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक,वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷८० को वार्षिक तथ्याङ्कमा आधारित रही सो स्थिति सार्वजनिक गरेको हो ।
प्रतिवेदन अनुसार वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको थियो। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.२ प्रतिशत र अमेरिकी डलरमा १२.१ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.२९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको थियो। कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ । २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४७ खर्ब ९७ अर्ब पुगेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको पूर्णपाठका निम्ति निम्न लिङ्क क्लिक गर्नुहोस् ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Annual-data-of-2079.80

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha