शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

पदमराज पौडेल उपमहालेखापरीक्षकमा बढुवा

पदमराज पौडेल उपमहालेखापरीक्षकमा बढुवा

  • Naveen Sanchar

  • बुधबार, साउन ३१, २०८०

  • 513
    Views
पदमराज पौडेल उपमहालेखापरीक्षकमा बढुवा

काठमाडौँ । नेपाल सरकार मन्त्रीपरिषद्को श्रावण ३० गतेको निर्णयानुसार पदमराज पौडेल नेपाल लेखापरीक्षण सेवाको राजपत्रांकित विशिष्ट श्रेणी उपमहालेखापरीक्षक पदमा बढुवा भई महालेखापरीक्षकको कार्यालयमा पदस्थापन हुनुभएको छ । नवनियुक्त उपमहालेखापरीक्षक पौडेलले अंग्रेजीमा एमफिल, जनप्रशासन र व्यवस्थापनमा स्नातकोत्तर तथा शिक्षा र कानून विषयमा स्नातक तहको औपचारिक अध्ययन गर्नुभएको छ ।सरकारी लेखापरीक्षणका क्षेत्रमा उहाँको २५ वर्षको अनुभव रहेको छ । वि.सं. २०५१ सालमा संसद सेवाको अस्थायी रिपोर्टर पदबाट निजामती सेवामा संलग्न हुनुभएका पौडेल वि.सं.२०५४ मा लेखापरीक्षण अधिकारी पदमा स्थायी नियुक्तिपश्चात् महालेखापरीक्षकको कार्यालय प्रवेश गर्नुभएको थियो ।उहाँले सर्वोच्च लेखापरीक्षण संस्थाहरुको अन्तर्राष्ट्रिय संगठन (इन्टोसाई)को स्रोत व्यक्तिका रुपमा समेत कार्य गर्नुभएको थियो । साथै स्वदेश तथा विदेशमा आयोजित विभिन्न प्रशिक्षण कार्यक्रममा प्रशिक्षक तथा प्रशिक्षार्थीका रुपमा  उहाँ सहभागी हुनुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha