बिहिबार, अशोज २९, २०८३ | October 15, 2026

 बेलायतको औपचारिक भ्रमणपछि प्रधान सेनापति सिग्देल  स्वदेश फिर्ता

 बेलायतको औपचारिक भ्रमणपछि प्रधान सेनापति सिग्देल  स्वदेश फिर्ता

  • Naveen Sanchar

  • बुधबार, अशोज २८, २०८३

  • 41
    Views
 बेलायतको औपचारिक भ्रमणपछि प्रधान सेनापति सिग्देल  स्वदेश फिर्ता

नवीनसञ्चार सम्वाददाता

काठमाडौँ, २८ असोज  । नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएको छ ।
प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले स्वागत गर्नुभएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेलायती सेनाका सेनाध्यक्ष जनरल सर रोली वाकरलगायत उच्च सैनिक अधिकारीसँग शिष्टाचार भेट गर्नुभएको थियो । उहाँले बेलायतको ब्रेकनस्थित इन्फन्ट्री ब्याटल स्कुलको भ्रमणसमेत गर्नुभएको थियो ।
सोही क्रममा प्रधान सेनापति सिग्देलले अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल–२०२६’ को निरीक्षण गर्नुभएको थियो । उक्त अभ्यासमा स्वर्ण पदक जित्न सफल नेपाली सैनिक टोलीलाई उहाँले प्रशंसा निशानबाट सुशोभन गर्नुभएको थियो ।
यस प्रकारको भ्रमणले नेपाल र बेलायतबीच लामो समयदेखि कायम रहँदै आएको सौहार्दपूर्ण द्विपक्षीय सैनिक सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास लिइएको सेनाले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha