१९ साउन, काठमाडौं । काठमाडौंमा सक्रिय ईन्द्रेणी मिसा पुचःले नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्लाका पदाधिकारीहरुलाई सम्मान गरेको छ । साउन १६ गते काठमाडौंको ज्यापु देय् छेॅ भवनमा आयोजित एक कार्यक्रममा भर्खरै सम्पन्न दबूको पॉचौ अधिवेशनबाट निर्विरोध निर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारीहरुलाई नेवाः परम्पराअनुसार सगुन दिई सम्मान तथा बधाई ज्ञापन गरिएको बताएको छ ।
साउन २ गते सम्पन्न अधिवेशनबाट पत्रकार रत्नकाजी महर्जनको अध्यक्षतामा १५ सदस्यिय कार्यसमिति सर्वसम्मतिले चयन गरिएको जनाएको छ । मिसा पुचःका अध्यक्ष सरिता महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्यापु महागुठीका अध्यक्ष सत्य नारायण डंगोल प्रमुख अतिथि रहनुभएको पनि बताईएको छ ।