३ साउन, काठमाडौं । संचार क्षेत्रमा सक्रिय नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूअन्तर्गत कीर्तिपुर उपशाखाको अध्यक्षमा प्रताप महर्जनलाई चुनेको छ । साउन २ गते शनिवार सम्पन्न काठमाडौं जिल्ला समितिको १३ औं वार्षिक साधारण सभा र ५ औं अधिवेशनमा संस्थाको विधानअनुरुप काठमाडौं जिल्लाअन्तर्गत कीर्तिपुर र तोखा नगर उपशाखा चयन गरिएको हो ।
लामो समयदेखि विभिन्न संचार माध्यममा आबद्ध प्रताप महर्जनले कीर्तिअनलाईन न्यूज संचालन गर्दै आएको छ ।
केन्द्र तथा जिल्ला प्रतिनिधिहरुको उपस्थितिमा कीर्तिपुर नगर क्षेत्रमा क्रियाशील संचारकर्मीहरुको यहि साता बृहत् भेला हुने र उक्त भेलाले कार्यसमितिलाई पूर्णता दिईने जनाएको छ । उपशाखाको सदस्य सचिवमा ललेन्द्र शाक्यलाई चयन गरिएको छ ।