आइतवार, असार १४, २०८३ | June 28, 2026

प्रणय दिवस विशेष मुक्तक प्रतियोगिता दोहोरी॥

प्रणय दिवस विशेष मुक्तक प्रतियोगिता दोहोरी॥

  • Naveen Sanchar

  • शनिबार, फाल्गुन २, २०८२

  • 160
    Views
प्रणय दिवस विशेष मुक्तक प्रतियोगिता दोहोरी॥

 

नारद आचार्य सुदामा -अमेरिका


प्रणय दिवस विशेष मुक्तक प्रतियोगिता दोहोरी॥

१ मुक्तक

प्रेमको नशा पिलाएर मतायौँ, प्रेम दिवसको शुभकामना

छड्के नयनका तीरले सतायौँ, प्रेम दिवसको शुभकामना

तिमी मेरो हारको जीत हौ, अमर सङ्गीतको मिठो प्रीत हौ,

मायाको एक मुस्कानले ततायौँ, प्रेम दिवसको शुभकामना।

✍️नारदप्रसाद आचार्य ‘सुदामा’ संयुक्त राज्य अमेरिका

प्रति उत्तर

यो च्यातिएको पाना अब सिउनु कसरी

विष  घोलेर अमृत दियौ पिउनु कसरी

तस्बिर मेटिएला बरु तिम्रो याद मेटिदैन,

तिमी बिना यो जिन्दगी जिउनु  कसरी।

✍️मेनुका शर्मा दक्षिण सिक्किम

२ मुक्तक

प्रत्येक वर्ष प्रणय दिवस,वसन्तको बहार बोकेर आउँछ

कहिले मिठाई, कहिले फूलको कण्ठहार बोकेर आउँछ

तर याँह कसले बुज्छ र प्रेमको कोमल अनि गहिरो भाषा

स्वर्णिम प्रभात आत्मीयताको नौलो उपहार बोकेर आउँछ।

✍️नारदप्रसाद आचार्य ‘सुदामा’ संयुक्त राज्य अमेरिका

प्रति उत्तर

यो धड्कनलाई त्यो मुटुले छोडे जस्तो छ

अरु तिरै पो मायाको तार जोड़ें जस्तो छ

हिजो सम्म देवी देउराली भाकेर खाएको ,

तिमीले त्यो वाचा कस्सम तोडे जस्तो छ।

✍️मेनुका शर्मा दक्षिण सिक्किम

३ मुक्तक

दिन होस् या रात, तिमीमै हराउँछु सानी

खै गुमाउँनु पर्छकि, भनी डराउँछु सानी

मलाई समाजले जे जे भन्नु छ भनोस्

धरोधर्म हृदय देखि, मन पराउँछु सानी।

✍️नारदप्रसाद आचार्य ‘सुदामा’ संयुक्त राज्य अमेरिका

प्रति उत्तर

सुटुक्क  चोर्यो मन्  सपनीमा आउनेले

यो मेरो मस्तिष्कमा  घरीघरी  धाउनेले

किन लिन्छौ परीक्षा अब  व्यर्थैमा  मेरो,

सपनीमा आउनेले,दिलमा बास। बसाउनेले

✍️मेनुका शर्मा दक्षिण सिक्किम

४ मुक्तक

निराश दिललाई सहजै हँसायौं प्रिया

ख्यालै-ख्यालमा मुटुमै बसायौं प्रिया

खै तिमीसँग कतै टुनामुना छकि जादू

एकै नजरले फसाउनु फँसायौं प्रिया।

✍️नारदप्रसाद आचार्य ‘सुदामा’ संयुक्त राज्य अमेरिका

प्रति उत्तर

तिम्रो  मिठो बोलीमा फस्न पुगी छु

अनायासै अंगालोमा  कस्न पुगी छु

माया हो या आकर्षण बुझ्नै सकिन,

कल्पनामै त्यो मुटुमा  बस्न पुगी छु ।

✍️मेनुका शर्मा दक्षिण सिक्किम

५ मुक्तक

प्रिय तिम्रै आवज सुन्छु जताततै

खोज्छु चारैदीक्षा  भेटिएनौँ कतै

सम्झनाले जलाईरहन्छ यो मुटु!!

भनन प्रेयसी उतैकतै छौंकी यतै।

✍️नारदप्रसाद आचार्य ‘सुदामा’ संयुक्त राज्य अमेरिका

प्रति उत्तर

मैले आफैलाई अन्योलमा पारेकी छु

मेरा  हरेक इच्छा चाहना  मारेकी छुं

तिम्रो खुसिकै लागि भएतापनि प्रिय ,

नचाहँदा नचाहँदै पनि मैले  हारेकी छु।

✍️मेनुका शर्मा दक्षिण सिक्किम


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha