नवीनसञ्चार सम्वाददाता
काठमाडौँ, मङ्सिर ८ गते । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालसँग कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले भेटवार्ता गर्नुभएको छ।
भेटका क्रममा मन्त्री चौधरीले टर्कीको अन्ताल्यामा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता, उठाइएका मुद्दा तथा प्राप्त उपलब्धिबारे जानकारी गराउनुभएको थियो।
उहाँले सम्मेलनका क्रममा नेपालले प्राथमिकताका साथ उठाएका हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय, जलवायु वित्त, हानि तथा नोक्सानीको क्षतिपूर्ति र पर्वतीय मुलुकका साझा सवालबारे भएका छलफल तथा कूटनीतिक पहलका विषयमा समेत ब्रिफिङ गर्नुभएको थियो।