मङ्लबार, मंसिर ९, २०८३ | November 24, 2026

नगरपालिका र अस्पतालको सहकार्यमा कीर्तिपुरमा निःशुल्क डायलाईसिस सेवा

नगरपालिका र अस्पतालको सहकार्यमा कीर्तिपुरमा निःशुल्क डायलाईसिस सेवा

  • Naveen Sanchar

  • मङ्लबार, मंसिर ९, २०८३

  • 31
    Views
नगरपालिका र अस्पतालको सहकार्यमा कीर्तिपुरमा निःशुल्क डायलाईसिस सेवा

८ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिका र कीर्तिपुर अस्पतालको सहकार्यमा कीर्तिपुरमा मृगौला रोगी बिरामीहरुलाई निःशुल्क डायलाईसिस सेवा उपलबध गराईएको छ । गत मंसिर १ गतेबाट कीर्तिपुर अस्पतालले डायलाईसिस सेवा पूर्णरुपमा निःशुल्क उपलब्ध गराएको जानकारी दिएको छ ।
यसअघि डायलाईसिसका लागि बिरामीले ५ सय रुपैंया तिर्दै आएकोमा कीर्तिपुर नगरपालिकाले मंसिर ७ गते अस्पतालसंग दुईपक्षिय सहमति गरी निःशुल्क गरिएको बताईएको छ । अस्पतालले ल्याब टेष्टको शुल्क मिनाहा गरेपछि डायलाईसिस सेवा पूर्णरुपमा निःशुल्क भएको कीर्तिपुर अस्पतालले जनाएको छ । कीर्तिपुर नगरपालिकाको सहयोगमा फेक्ट नेपालद्वारा संचालित कीर्तिपुर अस्पतालमा डायलाईसिस सेवा संचालनमा ल्याईएको थियो । पछिल्लो समय समुदायका पहलमा मेसिन थप गरि डायलाईसिस सेवा विस्तारित गरिएको छ । हाल ६ वडा डायलाईसिस मेसिनले ३ शिफ्‌टमा सेवा दिंदै आएको अस्पताल प्रशासनले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha