शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

सुशीलाका खड्का ‘हसिना’ को “पहिरोभित्रको घाम” सार्वजनिक

सुशीलाका खड्का ‘हसिना’ को “पहिरोभित्रको घाम” सार्वजनिक

  • Naveen Sanchar

  • शुक्रबार, फाल्गुन १८, २०८०

  • 177
    Views
सुशीलाका खड्का ‘हसिना’ को “पहिरोभित्रको घाम” सार्वजनिक

काठमाडौँ, फागुन १८

कवि सुशीला खड्का “हसिना” को कवितासङ्ग्रह “पहिरोभित्रको घाम” सार्वजनिक भएको छ । पाठशाला नेपाल फाउन्डेसनको सभाकक्ष, नयाँ बानेश्वरमा शुक्रबार आयोजित एक सभामा प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई, पेज टर्नरका अध्यक्ष साहित्यकार भुवनहरि सिग्देल, कृतिकार हसिना तथा अन्य अतिथिहरूले उक्त कृतिलाई सार्वजनिक गरेका हुन् ।

कृतिमाथि टिप्पणी गर्दै समालोचक डा. गीता त्रिपाठीले सुशीलाका कवितामा समाजिक-राजनीतिक विसङ्गतिका विरुद्धको विद्रोह भएको बताइन् । उनले भनिन्, सुशीलाका कवितामा हरेक वर्गका पात्रको चित्रण छ । अर्का समीक्षक महेश पौड्यालले हसिनाका कविता जस्तै अन्धकारमा पनि आशाको सन्चार गर्न सफल भएको बताए । कार्यक्रममा प्राज्ञ लक्ष्मी माली, कवि तथा समालोचक डा. रामप्रसाद ज्ञवाली, गीतकार तथा आख्यानकार राजेन्द्र थापा तथा राष्ट्रिय नाचघरका पूर्व महाप्रबन्धक राजेश थापाले शुभकामना व्यक्त गरे । सभाध्यक्ष सिग्देलले सुशीलाका कवितामा वर्तमान समयको आवाज भएको बताए । कवि सुशीलाले आफ्नो पुस्तक आफूले देखेको समयको रेखाचित्र भएको बताइन् । उनले भनिन्, ‘मैले बीस वर्षअगाडि छोराको रूपमा भौतिक सन्तान जन्माएकी थिएँ । आज कृतिको रूपमा साहित्यिक सन्तानलाई जन्म दिएकी छु ।’ कविहरू विधान आचार्य, गीता कार्की तथा कमला रिसालले सङ्ग्रहभित्रका एक एक कविता वाचन गरे ।

कार्यक्रमको सञ्चालन कवि मञ्जिला अनीलले गरेकी थिइन् । पुस्तकलाई पेज टर्नरले बजारमा ल्याएको हो । यो कवि सुशीलाको पहिलो कविता-सङ्ग्रह हो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha