शुक्रबार, साउन १, २०८३ | July 17, 2026

मुक्तक

मुक्तक

  • Naveen Sanchar

  • सोमवार, फाल्गुन १४, २०८०

  • 628
    Views
मुक्तक

सीता पन्त कँडेल
निवाकोट शिव-पुरी ०७

मुक्तक

तिमी पास हुँदा म संसार भुल्छु
बिना पङ्ख रंगिन ती बाग डुल्छु
म प्यासी म तिर्खा तिमी बूँद मानौं
नि:शुल्कै जीवनका सबै सुख असुल्छु ।

मुक्तक
थुपारेर नयनमा कयौं आस बाँचेको हुन्छ
लड्छ र पनि गर्दै उठ्ने प्रयास बाँचेको हुन्छ
कहाँ पूरा हुन्छन् र मान्छेका हर आकांक्षाहरू
भएर जीवनभरी समयको दास बाँचेको हुन्छ

मुक्तक
अतृप्त मन प्यासी यी आँखाका लागि
लिइ आउनुस् थोरै खुसी प्रियाका लागि
आदेश होइन केवल अनुमति मिल्छ भने
थोरै समय दिऊँ आज एकले अर्काका लागि

मुक्तक
कसैको यादको भुमरीमा यसरी पर्छु सोचेकै थिइन
रित्तिएर आफू भरिएकै घडा भर्छु सोचेकै थिइन
न पिएरै सराव भुल्दै आफ्नो अस्तित्व र परिचय
कोहि कसैलाई यति विघ्न प्यार गर्छु सोचेकै थिइन

मुक्तक
नबोलाई नजानु भन्ने उद्गारमा पुगेर
अपमान र तिरस्कारको संघारमा पुगेर
किन आयौ भन्ने प्रश्नको जवाफ नहुँदा म सँग
कयौँ पटक फर्किएको छु तिम्रो द्वारमा पुगेर


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha