शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026

अस्पताल निरीक्षणपछि मेयर कृष्णमान दिए डायलाईसिस मेसिन थप्ने वचन

अस्पताल निरीक्षणपछि मेयर कृष्णमान दिए डायलाईसिस मेसिन थप्ने वचन

  • Naveen Sanchar

  • शुक्रबार, जेष्ठ २२, २०८३

  • 78
    Views
अस्पताल निरीक्षणपछि मेयर कृष्णमान दिए डायलाईसिस मेसिन थप्ने वचन

२२ जेठ, काठमाडौं । कीर्तिपुर अस्पतालको निरीक्षण गर्दै कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले छिट्टै डायलाईसिस मेसिन थप्ने वचनबद्धता व्यक्त गर्नुभएको छ । आज जेठ २२ गते शुक्रवार दिउॅसो साढे १ बजेको समयमा आकस्मिकरुपमा कीर्तिपुर अस्पताल पुग्नुभएका मेयर डंगोलले डायसाईसिस कक्षको निरीक्षण गर्दै उपचाररत बिरामीहरुसंग प्रत्यक्ष कुराकानी गर्नुभई थप सेवा विस्तारको सम्भावनाबारे अस्पतालका चिकित्सकहरुसंग छलफल गर्नुभएको जनाएको छ । स्वास्थ्य शाखा प्रमुख सन्तमान मानन्धरलगायत वडा नं. १, २, ७, र १० का वडाअध्यक्षहरु ईच्छाकुमार महर्जन, ईं रुपेश महर्जन, प्रवक्ता दिवाकर अधिकारी र नरेश महर्जनसमेतको उपस्थितिमा मेयर डंगोलले नगरवासिको सुविधाका लागि नगरपालिकाले कीर्तिपुर अस्पताललाई महत्वपूर्ण सहयोग उपलब्ध गराउॅदै आएको र बिरामीको चापलाई मध्यनजर गर्दै तत्काल सेवा विस्तारका लागि थप एउटा मेसिन उपलब्ध गराउने र ३ शिफ्‌टमा सेवा प्रदान गर्न अस्पताललाई निर्देशन पनि दिनुभयो । निर्वाचित भएको डेढ वर्षपछि आज मेयर डंगोल कीर्तिपुर अस्पताल पुग्नुभएको बताईएको छ । निरीक्षण तथा छलफलमा अस्पतालका निर्देशक डा. किरण नकर्मी, मेडिकल चिफ डा. निजिना ताम्राकार र प्रशासन प्रमुख डा. बसन्त महर्जन रहनुभएको पनि जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha