जेठ २०, काठमाडौं । कीर्तिपुर नगरपालिकाद्वारा एक सूचना प्रकाशित गरि नगर गान रचनाका लागि स्रष्टाहरुमा आव्हान गरेको छ । हिजो जेठ १९ गते प्रकाशित सूचनाअनुसार नगरगान रचनाका लागि नेपालभाषामा बढीमा ५० शब्दको नगरको ऐतिहासिक, सांस्कृतिक, सामाजिक र भौगोलिक विशेषता चित्रण भएको हुनुपर्ने मापदण्ड तोकिएको छ । साथै मौलिक र अप्रकाशित रचना हुनुपर्ने सर्तसहित ७ दिन (जेठ २५ गते)भित्र नगरपालिका, सामाजिक विकास शाखामा बुझाउन उल्लेख गरिएको छ ।