बिहिबार, असार ११, २०८३ | June 25, 2026

लायन्स क्लवद्वारा कीर्तिपुरमा विद्युतीय फोहोर व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया

लायन्स क्लवद्वारा कीर्तिपुरमा विद्युतीय फोहोर व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया

  • Naveen Sanchar

  • बिहिबार, जेष्ठ २१, २०८३

  • 131
    Views
लायन्स क्लवद्वारा कीर्तिपुरमा विद्युतीय फोहोर व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया

२१ जेठ, काठमाडौं । कीर्तिपुर नगर क्षेत्रमा विद्युतीय फोहोर व्यवस्थापनसम्बन्धी सचेतना अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । कीर्तिपुर नगरपालिकासंगको सहआयोजनामा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एचद्वारा विश्व वातावरण दिवसको अवसरमा सरोकारवाला तथा विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुसंग अन्तर्क्रिया गरिएको जनाएको छ ।


डोको रिसाईक्लर्सको प्राविधिक सहयोग रहेको कार्यक्रममा विज्ञ भुवन चालिसेले विद्युतीय फोहोरको बढ्दो चुनौती र प्रभावकाबारेमा प्रस्तुति राख्न्नुभएको थियो भने कार्यक्रममा सहभागीहरुले विद्युतीय फोहोर ब्यवस्थापनका विषयमा विभिन्न सुझावहरु राखेकोमा कार्यक्रमका प्रमुख अतिथि मेयर कृष्णमान डंगोलले नगर क्षेत्रको समस्या सम्बोधन गर्न आवश्यक नीति तर्जुमा गरि अघि बढ्ने बताउनुभयो । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एच डिक्ष्ट्रिक्ट गभर्नर रविन्द्र बहादुर प्रधानको अध्यक्षतामा केएनएस बैंक्विटमा सम्पन्न कार्यक्रममा उपमेयर शुभलक्ष्मी शाक्य, ६ वडाअध्यक्ष एवं प्रवक्ता दिवाकर अधिकारीलगायत लायन्सका पदाधिकारीहरुको सहभागिता रहेको जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha