सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

कविता

कविता

  • Naveen Sanchar

  • शनिबार, फाल्गुन १२, २०८०

  • 132
    Views
कविता

नीमा छिरिङ भोटिया
जलढका कालेबुङ
भारत

शीर्षकः कफन नबेरिएको लाश —–!

सास छ
तर मान्छेको गन्ती छैन
जिउँदो त हुँ
तर
जिउँदो रहनुको कुनै अर्थ छैन
किन कि म एक कफन नबेहिएको लाश जस्तै हुँ।
तिमीले देख्छौं यहाँ
म हिँडिरहेको
तर
केवल सास मात्र बहिरहेको छ
मान्छेको भीडभित्र केवल
म मान्छेहरूको हिँडाइमा कदम मिलाएर हिडेको छु।
यो समाजले मारेको छ मलाई
यो जाति र रितिरिवाजले बाँधेको छ
म त एक स्वतंत्र बतास हुँ
तर
के गर्नु यहाँ
जाति पाति र समाजले मारेको छ।
म जिउँनु चाहन्छु
तर
समाजले मलाई जिउँने आँट बाँधेको छ
म मर्नु चाहन्छु
तर
समय र परिस्थितिले समातेको छ
यसैले त यहाँ
म एक कफन नबेहिएको लाश जस्तै बाँचिरहेको छु।
मैले मेरो मनको चाहभित्र बाँच्न नपाउने
मैले मेरो अभिलाषाहरूको आँगनमा मेरो खुट्टा टेक्न नपाउँने
कस्तो बिडम्बना छ
यो स्वार्थी समाज र सम्मको यहाँ
यसैले त म त
एक कफन नबेहिएको लाश जस्तै बाँचिरहेको छु —!!!


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha