शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

विज्ञप्ति

विज्ञप्ति

  • Naveen Sanchar

  • शनिबार, माघ ६, २०८०

  • 125
    Views
विज्ञप्ति

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को गत अक्टोबरमा सम्पन्न ११ औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले नेतृत्व समालेको आज ९० दिन पूरा भएको छ ।

 

विश्वका ५९ देशका महाधिवेशन प्रतिनिधिहरूले इतिहासमै पहिलोपटक अनलाइन मतदानमार्फत् अध्यक्षमा डा. बद्री केसीसहितको नयाँ कार्यसमितिले काम थाल्न नपाउँदै आएका तमाम अड्चन र चुनौतीका बीच विगत ३ महिनामा परोपकारलगानीसंस्थागत विकासलगायतका मुद्दामा सकारात्मक काम र पहलहरू सुरु भएका छन् ।

 

गत नोभेम्बर महिनाको पहिलो साता ठूलो जनधनको क्षति हुने गरी गएको भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा गैरआवासीय नेपाली संघले स्वास्थ्य शिविर सञ्चालनछात्रछात्राहरूलाई ‘न्यानो कपडा’ वितरण गर्नुका साथै दुई दर्जन देशका गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति लगायतबाट संकलित करिब १ करोड २४ लाख ६८ हजार रुयैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग गरिएको थियो । गैरआवासीय नेपाली संघले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण लगायत दीर्घकालीन सहयोगका लागि स्थानीय सरकारहरूसँग समन्वय गरेर काम गरिरहेको छ ।

 

गैरआवासीय नेपाली संघले यसअघि घोषणा गरेबमोजिम यसै साता कोशी प्रदेशको धरानमामधेश प्रदेशको जनकपुरमा गैरआवासीय नेपालीहरूको सहयोगमा संकलित रकमबाट ७० लाख रुपैयाँ पर्ने एक–एकवटा मोबाइल ब्लड बस हस्तान्तरण गरिएको छ भने आगामी २६ जनवरीमा लुम्बिनी प्रदेशमा अर्को मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

 

गैरआवासीय नेपाली संघले स्थापनाकालदेखि नै नेपाली राष्ट्रिय खेलाडीहरूको मनोबल उच्च राख्न र खेल विकासको लागि आवश्यक सहयोग गर्दै आएको सर्वविदितै छ ।

 

यसैबीचटी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरुको सहयोगको लागि नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् हैसलास्वरूप १० लाख रुपैयाँनेपाली भलिबल राष्ट्रिय टिमको लागि ८ लाख रुपैयाँछैटौँ एनआरएनए सुदूर पश्चिम फुटबल प्रतियोगिताको सहयोगार्थ २ लाख ५० हजार रुपैयाँपोखरा म्याराथनका लागि ७ लाख ५० हजार रुपैयाँएनआरएनए इलाम गोल्ड कपको लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको घोषणा गर्न पाउँदा खुशी लागेको छ ।

 

गैरआवासीय नेपाली संघले धनगढीको सेती प्रादेशिक अस्पतालमा १ करोड २५ लाख रुपैयाँकञ्चनपुर जिल्लाको महाकाली प्रादेशिक अस्पतालमा १ करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट स्थापना गर्ने कामले पूर्णता पाइसकेका छन् ।

 

वैदेशिक रोजगारीको लागि कंगोमा निधन हुनुभएका डोटी स्थायी घर भएका सुरेश सिल्लाको परिवारको सहयोगार्थ गैरआवासीय नेपाली संघकंगोको सक्रियतामा संकलित २६ लाख ६१ हजार रुपैयाँ उहाँको परिवारलाई राहतस्वरुप हस्तान्तरण गरिएको छ ।

 

यस्तैकञ्चनपुरको झलारीस्थित कृष्ण वैजनाथ बहुमुखी कलेजका छात्राहरूको शौचालय  निर्माणको लागि २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । सडक बालबालिकाको शिक्षा तथा बसोवासको सहयोगार्थ युसेफ नेपालभक्तपुरमार्फत् ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

 

संघले गैरआवासीय नेपाली नागरिकतावैदेशिक रोजगारसामाजिक सुरक्षा१० अर्ब लगानी लगायतका विषयमा सरोकारवाला सरकारी निकाय र मन्त्रालयबीच छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको छ ।

 

गैरआवासीय नेपाली संघ र नेपाल सरकारको संयुक्त लगानीमा १० अर्बको लगानीमा सञ्चालन हुने इन्भेस्टमेन्ट कम्पनीमा गैरआवासीय नेपालीलाई विदेशी लगानी भित्र्याउन २ करोड बराबरको सीमा खारेज गरी लगानीको न्यूनतम सीमा नलाग्ने व्यवस्था गर्ने नेपाल सरकारको निर्णयप्रति संघ हार्दिक स्वागत गर्दछ ।

 

संघले सञ्चालन गरेका मोबाइल ब्लड बसअक्सिजन प्लान्ट स्थापनाजाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितको सहयोगखेल क्षेत्रमा आर्थिक सहयोग लगायतको मानवीय काममा विगत ९० दिनमा मात्र करिब ६ करोड ६५ लाख ९१ रुपैयाँ बारबारको आर्थिक सहयोग गर्ने गैरआवासीय नेपालीहरू तथा दाताहरूप्रति संघ हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

गैरआवासीय नेपाली संघले अगामी दिनमा कोशी प्रदेश लगानी प्राधिकरणसँग सहकार्यमा चियाको प्रवर्धन र प्राविधिक शिक्षामा संघले सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

 

यस्तैसुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुन र सहकार्य गर्न विदेशमा रहेको नेपाली समुदायलाई गैरआवासीय नेपाली संघ हार्दिक आह्वान गर्दछ ।

 

साथैगैरआवासीय नेपाली संघसम्बन्धी ऐन२०६४ बमोजिम संघ दर्ता गरेको १० वर्ष पूरा भइसकेकाले संघको नवीकरण प्रक्रियाको लागि तोकिएको समयमा ऐन तथा नियमावलीबमोजिम नेपाल सरकारले तोकेबमोजिमका आवश्यक कागजातसमेत परराष्ट्र मन्त्रालयमा बुझाए तापनि मन्त्रालयको ढिलाइको कारणले तत्काल संस्थालाई नवीकरणको बाटो खोल्न पाटन उच्च अदालतमा निवेदन दर्ता गरिएको जानकारी गराइन्छ ।

 

गैरआवासीय नेपाली संघअन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी कार्यक्रमहरू तय गर्न संघको पूर्ण बैठक जनवरी २१ र  २२ तारिख काठमाडौंस्थित चन्द्रागिरिमा बस्दैछ ।

 

 

डा. बद्री केसी                        गौरीराज जोशी                फणिन्द्र पन्त

अध्यक्ष                            महासचिव                    प्रवक्ता

२० जनवरी २०२४

 

 

Press Release 20 Jan 2024


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha