
-रोशन अर्याल
नवीनसञ्चार, दोहा, कतार : बागलुङ सेवा समाज दोहा कतारको तेह्रौं अधिवेशन सम्पन्न भएको छ । शुक्रबार दोहाको नज्मामा रहेको एसियन रेस्टुरेन्टको सभा हलमा समाजका अध्यक्ष सन्तोष पौडेलको सभापतित्व तथा गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको छ।
दोहा कतारमा सामाजिक कार्यहरु मा अग्रपंतिका रुपमा चिनिने जिल्ला सस्थाको रुपमा रहेको बागलुङ सेवा समाज दोहा कतार बन्द सत्रबाट निराजन गौतमको नेतृत्वमा सर्वसम्मत आगामी एक कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा टेक रसाइली, द्धितीय उपाध्यक्षमा चेतन पुन, तृतीय उपाध्यक्ष ईश्वर सापकोटा, सचिव मदन जिसी, सहसचिव सुवास पौडेल, कोषाध्यक्ष कृष्ण गिरी, सह–कोषाध्यक्ष दीपक चालिसे रहेका छन्, कार्यसमितिका सदस्यहरूमा शारदा गिरी, डोलेन्द्र सुवेदी, जाल बहादुर पुन, टोपलाल जैसी(गोपाल) सुनिल गौतम, बाबुराम नेपाली (बाबु कौसल) दिपक कँडेल, तारा कुवर र थम बहादुर वि.क रहेका छन् । नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक केदार पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
उपाध्यक्ष टेक बहादुर रसाइलीले स्वागत मन्तव्य राखेको खुल्ला सत्रमा अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजका उपाध्यक्ष केदार पौडेलको विशेष आतिथ्यतासहित कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो । दुई दर्जन भन्दा बढी वक्ताहरूले शुभकामना मन्तव्य राख्दै समाजले गरेको कार्यसम्पादनको प्रशंसा गरेका थिए । समाजका सल्लाहकार तथा लेखा समिति सदस्य तेजेन्द्र गैरेले सहजीकरण गरेका थिए।
खुल्ला सत्रमा मन्तब्य दिने क्रममा बिभिन्न बक्ताहरु ले समाज ले गरेका सामाजिक कार्यहरु को खुलेर प्रसंशा गरेका थिए, समाजका सचिव निराजन गौतमले प्रगति प्रतिवेदन पेस गरेका थिए । प्रतिबेदनमा २ वर्षे कार्यकालभित्र जिल्ला भित्र बिभिन्न ठाउँहरु मा खानेपानी का लागि सहयोग,मृगौला पीडित, ब्रेन ट्युमर आर्थिक सहयोग,जन्मजात अपाङ्ग दाजु बहिनि का लागि उपचार खर्च जनताधन माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूको लागि संगीतका वाद्यवादन सामग्री खरिद, कक्षाकोठा व्यवस्थापन र शुद्ध पिउने पानी व्यवस्थापन लगाएतका दर्जनौ सामाजिक कार्यहरु गरिएको उल्लेख गरे ।
बागलुङ जिल्ला बडिगाड गाउँपालिका ७ स्थित डाँडा गाउँ र देविस्थानका विद्यालयको पहुँचबाट टाढा रहेका स–साना बालबालिकाहरूको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त ठाउँका १८ जना बालबालिकाहरूलाई दैनिक पढ्ने वातावरण मिलाउन समाजका सचिव निराजन गौतमले आफ्नो घरमा कक्षाकोठा उपलब्ध गराएपछि समाजले एक वर्षसम्मको शिक्षकको पारिश्रमिकको व्यवस्था गरेको जानकारी दिइएको थियो । जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितको लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको अभियान तथा गण्डकी प्रदेश समन्वय परिषद्को समन्वयमा गरिएको आर्थिक राहत संकलन अभियानमा समाजले आर्थिक सहयोग गरेको प्रगती प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाका विविध गतिविधिहरूमा विशेष सहयोग पुर्याउने समाजका प्रमुख सल्लाहकार टिका कार्की, सल्लाहकार तेजेन्द्र गैरे, लोक तथा दोहोरी गायक रामजी नेपाली र एनआरएनए एनसीसी कतारका महासचिव रविन मगरलाई दोसल्ला तथा मायाको चिनोले सम्मान गरिएको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि भट्टले बागलुङ विविधिताले भरिएको जिल्ला भएको हुँदा पर्यटनको प्रशस्त सम्भावना रहेको बताए । खेलकुदको जिल्ला भनेर चिनिने बागलुङले खेलकुदलाई भविष्यमा थप सशक्त बनाएर लैजान प्रतिबद्धता व्यक्त गरे । सन् १५ अप्रिल २०२३ मा स्थापना गरेको अक्षय कोषको मूल रकम वृद्घिको लागि सञ्चालन गरेको भाग्यशाली चिठ्ठाको नतिजा अधिवेशनमा सार्वजनिक समेत गरेको थियो ।
दुई कार्यकाल अध्यक्ष समेत रहेका सभापति पौडेलले खुल्ला सत्रको समापन गर्दै आफ्नो कार्यकाल मा अधुरा रहेका थप योजनाहरु लाई नया बन्ने कार्यसमितिले निरन्तरता दिई अझै प्रभावकारी ढंगबाट सामाजिक कार्यहरु गर्ने आशयका साथ् अग्रिम शुभकामना समेत दिएका थिए। बिबिन्न संघ सस्थाहरु को जिम्मेवारी पदमा रहेर पौडेलले सफलता पूर्ण कार्य सम्पादन गरेका छन्, सधै नया सोच राख्ने कार्य पद्दति लाई निखारता ल्याउनु पर्छ, नया तरिका बाट कार्य सम्पादन गर्नु पर्ने भन्ने सोच राख्ने, उनले संस्थापकदेखि वर्तमान कार्यसमितिका सबै पदाधिकारीहरुप्रति कृतज्ञता प्रकट गरे ।