सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

कविताः अदृश्य शक्ति साधना

कविताः अदृश्य शक्ति साधना

  • Naveen Sanchar

  • आइतवार, पुस २२, २०८०

  • 193
    Views
कविताः अदृश्य शक्ति साधना

मधु घिमिरे
हेरिस्वर्ग, पेन्सिलभेनिया,अमेरिका

अदृश्य शक्ति साधना

छन्द-प्रमाणिका

हिँडेर मार्ग पाउले
पुगिन्छ चुम्न टाकुरा
गरेर कर्म हातले
खनिन्छ जिन्दगी गरा १

प्रभातको सुवासमा
झलल्ल छन् सुभावना
प्रभातको सधै गरौं
सुसम्झना र प्रार्थना २

अनेक रूप रङ्गमा
र लोभ भोग द्रव्यमा
नराख्नु दुष्ट भावना
पराइ इष्टमित्रमा ३

जताततै छ ज्ञानको
अपार मूल सम्पदा
अनन्तता छ व्योममा
खुसी छ भित्र चित्तमा ४

विचारमा विवेकमा
परोपकार पुण्यमा
सदैव फुल्छ जिन्दगी
प्रयासको बगानमा ५

हजार लाख सम्पति
अनर्थ बन्छ अन्तमा
छ मूल कर्म मुक्तिमा
अदृश्य शक्ति साधना ६

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha