सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

प्रवासी नेपाली मञ्च, कतारको १९औँ स्थापना दिवस भव्यरुपमा सम्पन्न, पूर्व मन्त्री विष्ट सहभागी

प्रवासी नेपाली मञ्च, कतारको १९औँ स्थापना दिवस भव्यरुपमा सम्पन्न, पूर्व मन्त्री विष्ट सहभागी

  • Naveen Sanchar

  • शनिबार, पुस २१, २०८०

  • 173
    Views
प्रवासी नेपाली मञ्च, कतारको १९औँ स्थापना दिवस भव्यरुपमा सम्पन्न, पूर्व मन्त्री विष्ट सहभागी

-रोशन अर्याल
नवीनसञ्चार, कतार

प्रवासी नेपाली मञ्च कतारले आफ्नो १९औँ स्थापना दिवस कार्यक्रम पूर्व `श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्री´ तथा वर्तमान सङ्घीय सांसद, लोकप्रिय युवानेता तथा नेकपा एमाले का केन्द्रिय सचिव  गोकर्ण विष्टलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरि कतारस्थित नेपाली श्रमिक तथा व्यवसायीहरूको बाक्लो उपस्थिति बिच १९औँ स्थापना दिवस कार्यक्रम ५ जनवरी २०२४ का दिन सनैया स्थित फूलवारी रेस्टुरेन्टको सभाहलमा भव्यताका साथ मनाएको छ । कार्यक्रमको औपचारिक उद्घाटन पश्चात मञ्चका उपाध्यक्ष बालकृष्ण भित्रीकोटिले स्वागत मन्तव्य राखेका थिए भने बिभिन्न कलाकारहरूले स्वागत गीत गाएका थिए। कार्यक्रमको सहजिकरण प्रवासी नेपाली मञ्च कतारका सचिव तथा संगठन विभाग प्रमुख बिनेश तामाङ्गले कुशलता पूर्वक गरेका थिए।

कतारमा स्थापित बैचारिक सस्थाका प्रमुखहरु , एनसिसि कतार, एनआरएनए आइसिसि बाट विशिष्ट अथितिहरु, सामाजिक अभियान्ताहरु, प्रदेश, जिल्ला, जातीय संघ सस्था, कलाकार, पत्रकार तथा सर्ब-साधारणहरु को बाक्लो उपस्थिति रहेको थियो। मन्तब्य को क्रममा विभिन्न बक्ताहरु ले  अहिलेको श्रमिकहरु को समस्याका बारेमा प्रकास पार्नु भएको थियो , र नेपाल सरकारबाट नेपालीको बैदेशिक रोजगारीको प्रणालि लाई अझै ब्यबस्थित हुनु पर्नेमा जोड दिएका थिए। श्रमिकहरु का हकहित, अधिकार सुनिश्चित, सामाजिक सुरक्षा लगाएतका बिषयमा बोल्दै नेपाल सरकार सम्म श्रमिकका  संदेश पुराउन पूर्व मन्त्रि बिष्टलाई आग्रह समेत गरेका थिए।


प्रवासी नेपाली मञ्च कतारका पुर्व अध्यक्ष अन्तर्राष्ट्रिय कमिटीका सह सचिव चानक पोख्रेलले  विदेशमा रहेका नेपालीले स्वदेशमा भोटिङ गर्ने अधिकार पाउनु पर्ने, प्रावासबाट श्रमिकहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रमा टेवा पुर्याउनु सहयोग गरेपनि श्रमिकहरूलाई राज्यले अपहेलना गरेको गुनासो गरे ।  मध्ये पूर्वमा रहेका नेपाली श्रमिकका परिवारको शिक्षा, स्वास्थ्य तथा रोजगारको व्यवस्था गराउनको निम्ति संसद तथा देशको सम्बन्धित निकायमा आफ्नो कुरा राख्नु पर्दछ भनि जोड दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि गोकर्ण विष्टले आफ्नो मन्तव्य राख्ने क्रममा कतारमा रहेका नेपाली श्रमिकहरु को भोगेका दुःख, कष्ट, समस्यालाई, लिखित रुपमा बुदागत प्राप्त भएको र आफु एउटा मध्यम बनेर संसद तथा सरकारसम्म तदारुपताका साथ पुराउने सबै समस्या समाधानार्थ पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। आफु बहालमा रहदा बैदेशिक रोजगारी तथा श्रमिकहरु का हक हितका बारेमा निकै नै महत्त्वपूर्ण कामहरु शुरुवात गरेको, अझै थाती रहेका कामहरु पूर्ण गर्न अहिलेको सरकार लाई साथ सहयोग तथा खबरदारी समेत गर्ने बताए।

मन्तव्यकै क्रममा माननीय संघिय सांसद गोकर्णले  लाखौ युवा शक्ति बैदेशिक रोजगारी लागि दिनहु देश बाहिरदा आफु दुखि रहेको बताय’ देशमै पुर्बधार हरु को निर्माण गर्नु पर्ने, दक्षिण एशिया कै तेस्रो ठुलो सम्भावित जल विधुत् को देश हाम्रो, विधुत् तिय परियोजनाहरु संचालन गर्नु पर्ने र विदेशमा रहदा सिकेका सिपहरु नेपालमा आएर उपयोग गर्नुका लागि आग्रह गरेका थिए।
देश समृद्धि हुन सके जनता सुखी र समृद्धि रहन्छन,नया नेपाल’ समृद्धि नेपाल भन्ने आफ्नो पार्टीले उजागर गरेको नारा हो यहि अनुरुप सरकारमा रहदा  देश विकासका लागि बिभिन्न योजनाहरु ल्याएको, स्वस्थ,शिक्षा, रोजगार, पुर्बाधार निर्माण,राजमार्ग, सुरुङ्ग मार्ग रल्बे लाईन बिस्तार जस्ता बिकासका योजनाहरु ल्याएको बताएका छन्। हिजोका दिनमा कहाँ कमि कमजोरि भए , आउँदा दिनमा परिणाम कसरी निस्कन्छ, विकास, समृद्धि कसरी ल्याउन सकिन्छ भन्ने बारेमा सबै पार्टीले गम्भीर समिक्षा गर्नेबेला आएको भन्दै ” देश धनि हुन सकेन भने नागरिक अन्तराष्ट्रिय मन्चमा सम्मानित हुन सक्दैन, जब सम्म काम गरेर खाने श्रमिकको जीवन स्तर माथि उठ्न सक्दैन तब सम्म त्यो देश माथि उठ्न सक्दैन, त्यो देशले उन्नति प्रगति गर्न सक्दैन ” भने । कार्यक्रमका विच प्रवासी नेपाली मञ्च कतारले श्रमिकका नेता विष्टलाई सम्मान गर्दै दोसल्ला ओढाएर मायाँको चिनो समेत प्रदान गर्यो । दर्जनौ कलाकार तथा अन्य सहयोगीहरु लाई सम्मान तथा कदर पत्र समेत  प्रदान गरिएको थियो।

कार्यक्रमको अन्त्यमा प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कतार तथा कार्यक्रमका अध्यक्ष प्रभात त्रिपाठीले आफ्नो मन्तब्यमा बोल्दै सस्था लाई स्थापना गरेर यहा सम्म ल्याउनका  निमित्त लागिपर्नु हुने सम्पूर्ण अग्रजहरु प्रति आभार प्रकट गरेका थिए।  विकृत, विसंगति, अन्यायका बिरुद्द जहिले पनि प्रवासी नेपाली मंच आवाज उठाउने तथा समाज मिलाउने सबाल मा हदै सम्म को लाचता अपनाई एक ढिक्का बनाउनमा प्रबासी
नेपाली मंच अग्रपन्तीमा रहेको बताएका छन्। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिएकोमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै कार्यक्रम समापन गरे।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha