आइतवार, जेष्ठ ३१, २०८३ | June 14, 2026

विभिन्न निर्णय गर्दै ओहायोमा डिस्काको सातौ ऐतिहासिक साधारण सभा सम्पन्न !

विभिन्न निर्णय गर्दै ओहायोमा डिस्काको सातौ ऐतिहासिक साधारण सभा सम्पन्न !

  • Naveen Sanchar

  • शुक्रबार, पुस २०, २०८०

  • 159
    Views
विभिन्न निर्णय गर्दै  ओहायोमा  डिस्काको  सातौ ऐतिहासिक  साधारण सभा सम्पन्न !
सहयात्री ढकाल
रेनोल्ड्सबर्ग,ओहायो
कराते खेललाई प्रतिनिधित्व गर्दै विगत लामो समय देखि नेपाली भाषी भुटानीहरुको माझमा सकृया संस्था  डिस्काको ऐतिहासिक दुई दिने सातौ वार्षिक  साधारण सभा तथा  एवार्ड समारोह सम्पन्न भएको छ।
गत डिसेम्बर ३० र  ३१ गते ओहायो राज्यको रेनोल्ड्सबर्ग शहरको  अमेरिकाना पार्कवे, रेनल्ड्सबर्ग तथा हिमालयन डे क्यार भित्र सातौ वार्षिक साधारण सभा सम्पन्न भएको  कुरा डिस्का  निवर्तमान  उपध्यक्ष एबम आयोजक समिति प्रमुख मनिले   बताएका छन ।
उक्त दुई दिने साधारण सभामा विभिन्न राज्यहरु र क्यानाडाबाट प्रतिनिधिहरुको  उल्लेखनीय उपस्थिति रहेको कुरा डिस्का सोकि रन राईले बताएका छन ।
पहिलो दिनको  वार्सिक सभा निवर्तमान उपाध्यक्ष एवम् आयोजक  मनि राईको मन्तव्यबाट सुरु भएको थियो। निवर्तमान  सचिव राज मगरले वार्षिक  प्रतिवेदन  प्रस्तुत  गरेका थिए |
 त्यसै गरि सचिव राज बरालले जनाए अनुसार कोषाध्यक्ष  टेक नेपालले वार्षिक आयव्ययको विवरण पेश गरेका थिए भने अध्यक्ष डा हेमन्त घिसिङले विधानका  बारेमा स्पष्ट पारेका थिए।
सोकि रन राई र तुला ढकालको निर्वचन समितिले पुरानो बोर्डलाई खारिज गरेर नयाँ बोर्ड अफ डाईरिक्टरको  गठन  गरिएको थियो ।
डा हेमन्त घिसिङको अध्यक्षतामा  सात सदस्य नयाँ बोर्ड गठन गरियो भने उक्त नवगठित  बोर्डमा  सोकि रन राई (स्थायी बोर्ड सदस्य तथा प्राविधिक प्रमुख) डा. हेमन्त घिसिङ अध्यक्ष ,अमर साउदेन   उपाध्यक्ष ,टेक नेपाल कोषाध्यक्ष, निम लामा   सहायक कोषाध्यक्ष,   राज बराल सचिव र याम विष्ट सहायक सचिव  मनोनीत भएका थिए।
सो  बोर्डले विभिन्न निर्णय  गर्दै  समितिहरु गठन गरेको थियो।  जस्तै नवगठित प्राविधिक समितिमा , १)प्राविधिक बिकास तथा अनुसन्धान समिति
२)विशेष  प्राविधिक समिति र ३ ) उप प्राविधिक समिति। प्राविधिक बिकास तथा अनुसन्धान समितिमा सोकि रन  राई समिति प्रमुख,
डुम्पा थापा सचिव, सदस्यहरु राज मंगर र मनि राई ।
साथै, विशेष प्राविधिक समितिमा सोकी रन राई  डुम्पा थापा ,सदस्यहरुमा राज मगर, मनि थुलुङ राई , तुला ढकाल, याम विष्ट, ड्यानी तामाङ, निम लामा र अमर साउदेन ।
 त्यसरी नै उप-प्राविधिक समितिमा ओत्सा ह्याङ राई, संयोजक  सदस्यहरु नवीना सुब्बा,सेशेहाङ राई, जेनिशा भट्टराई, रेहान पण्डक र निरज नेपाल।
साधारण सभाले विभिन्न प्रस्तावहरू पारित गरेको छ
१)प्राविधिक समितिले प्रेस र मिडियालाई हेर्ने।
२.प्राविधिक उपसमितिको कामको विवरण, भूमिका र जिम्मेवारीहरू आगामी २ महिनामा रेखांकित गरिनेछ। (फेब्रुअरी २०२४)
सदस्यताका विषयमा पनि स्पष्ट नितिहरु पारित गरेको छ।
o सबै सेन्सिसहरूले सदस्यता सक्रिय राख्न र शुल्क तिर्न आवश्यक छ।
o सबै सेन्सिहरूलाई रातो पासबुक समात्न आवश्यक छ
o सबै डिस्का विद्यार्थीहरूले निलो पासबुक धारण गर्न आवश्यक छ।
o हान्को सबै डोजो प्रशिक्षक र अधिकारीहरूलाई प्रदान गरिएको छ।साथै डिस्काको पाठ्यक्रम  पनि थपिएको  छ।
 एक प्रश्नको उत्तरमा डिस्का सोकि रन राई  निक्कै उत्साहित भएको कुरा बताउदै भन्नुभयो :’ ‘नयाँ जेनेरेसन र  पुरानो  जेनेरेसनको मिस्रण भएको  छ।
अब आउने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुलाई  ध्यानमा राखेर योजनाहरु बनाउनु छ’ ।प्रशिक्षणको  लागि जापन जाने योजन छ त्यसलाई पनि कसरी सफल बनाउने भन्ने कुरा छ’ । अबको नयाँ बोर्डले यसलाई निर्णय गरेर जाने छ।’वहाँले बताउनु भयो ।
सातौ साधारण सभा सफल बनाउन ठुलो भुमिका खेलेकोमा डिस्का  रेनोल्ड्सबर्ग डोजो कोच सेन्सि  तुला ढकाल , सेन्सि मनि राई , अभिभावक र स्यंमसेवक  प्रति धन्यवाद ज्ञपन व्यक्त गरेका छन।
निर्वतमान सचिव राज मगरले नवगठित बोर्डलाई शुभकामना दिदै  आफुले सहयोग गर्ने बताए।
‘यस संस्थाले आज सम्म आउदा धेरै उदाहरणीय कामहरु गरेको छ अझै नयाँ समितिले सफलताको साथ आफ्नो कार्यकाल अगि बडाउने  विस्वासका साथ सफलताको शुभकामना गर्दै कुनै सहयोगको आवश्यकता परे आफुले सक्दो सहयोग गर्ने छु।’उनले बताए।
त्यसै गरि  डिस्का प्रेसिडेन्ट डा हेमन्त घिसिङको सभापतित्व र स्वगत मन्तव्यबाट शरु भएको दोस्रो दिनको वार्षिक  पुरुस्कार समारोहमा  विभिन्न अतिथिहरुको उपस्थिति रहेको थियो।
त्यसै गरि  वार्षिक पुरुस्कार समारोहमा भुवन प्याकुरेल (रेनोल्ड्सबर्ग सिटी काउन्सिल सदस्य) काशी अधिकारी (सिएओ: हिमालयन डे केयर)अर्जुन सुवेदी (सिएओ: याक एण्ड यति रेस्टुरेन्ट र आइभोरी होम केयर)सुरज बुढाथोकी (युवा समुदाय नेता)  गंगाराम लामितारे (अध्यक्ष: भूटान साहित्य परिषद)मीना अधिकारी (शिक्षिका)लक्ष्मी संग्रौला (फेयरवे-लोन अधिकारी)गोपाल मगर: नामसारा होम केयर नारायण खनाल (सामुदायिक युवा नेता) शिव योगी ( प्रमुख प्रशिक्षक : सितोरिया कराते डो एसोसेसन) र यादव धिताल (२४/७ होम  ह्याल्थ क्यार ) लगायत  अथितिहरुको उपस्थिति थियो।
रेनोल्ड्स्वर्ग सिटी काउन्सिल सदस्य भुवन प्याकुरेलले आफ्नो तर्फबाट प्रोक्लोमेसन पढेर सुनाएका थिए साथै डिस्काको तर्फबाट अब अमेरिकामा हुने २०२८को ओलम्पिकमा  पनि समावेश भएर पदक प्राप्त गरुन भन्ने सपना रहेको कुरा बताए।
जेनिसा  भट्टराईले संचालन गरेको उक्त समापन वार्षिक पुरुस्कार समारोहमा विभिन्न व्यक्तित्वहरुलाई पुरुस्कृति गरिएको थियो।
पुरस्कृत हुनेहरुमा डिस्का  उत्कृष्ट  वेटरन अफ द इयर-२०२३:तुला ढकाल (रेनोल्ड्सबर्ग, ओएच)
डिस्का उत्कृष्ट स्टुडेन्ट अफ द यार २०२३  सेसेहाङ राई(पुरुष)एटलान्टा, डिस्का  स्टुडेन्ट अफ द यार २०२३ सिर्जना  बास्तोला (महिला )रेनोल्ड्सबर्ग, डिस्का  प्रेसिडेन्ट अफ द यार २०२३ नविना सुब्बा (पिट्सबर्ग, PA)डिस्का प्यारेन्ट अफ द यार २०२३ :बिबेक खवास (भर्मन्ट) र डिस्का कमिनिटि अफ द यार २०२३ : अम्मल थुलुङ हेरिस्वर्गले  पाउनु भयो।
स्लोभेनियामा पदक विजेताहरुलाई सम्मन् गर्नु साथै डिस्का ओपन २०२३लाई आर्थिक रुपमा  सहयोग  गर्ने  सहयोगी दाताहरुलाई  सोकि रन राई र अध्यक्ष डा हेमन्त घिसिङको बाहुलीबाट सम्मन्  गरिएको थियो।
त्यस्तै  डा हेमन्त घिसिङले डिस्काको ईतिहासबारे संक्षिप्त पारेका थिए ।सहयोगी दाताहरुलाई  धन्यवाद टक्र्याएका थिए।
त्यसै गरि प्रेसिडेन्ट एवार्डबाट सम्मानित भएकी नविना राईले डिस्का टिमलाई धन्यवाद दिदै भनिन ‘म यस पुरस्कारको लागि डिस्का टोलीलाई धन्यवाद दिन चाहन्छु।’ उनले भनेकी छिन ।’म धेरै आभारी छु कि मलाई यी पुरस्कारहरूको लागि आमन्त्रित गरिएको छ। नयाँ पुस्ता करातेकाहरुलाई शुभकामना । मेरो कलेज पछि म पक्कै फर्कनेछु’।
उसै गरि डिस्का स्टुडेन्ड अफ द य्यार (महिला)२०२३बाट सम्मानित सिर्जना बास्तोलाले डिस्का टिम प्रति आभार व्यक्त गरेकि छिन। ‘यो सम्मान प्रति धेरै आभारी छु।’ सेन्सि तुला ढकाल र सेन्सि मनि राई प्रति धेरै धन्यवाद छ वाहँहरुको महनेतले नै आज म यहाँ सम्म आएको हुँ।’
आफ्नै आँगनमा ऐतिहासिक सातौ साधारण  सभा सम्पन्न गरेको  भन्दै आयोजक  प्रमुख मनि राईले खुशी व्यक्त गरेका छन।
त्यसै गरि विगत भन्दा फरक किसिमले यस पालीको साधारण सभा भएको कुरालाई कोषाध्यक्ष टेक नेपाल बताउनु हुन्छ ।
त्यस्तै, ‘ हामी यस पाली खेलाडीहरुको उन्नतिलाई विशेष ध्यानमा राखेर योजनाहरु बनाउने छौ’ ।
हामीले   सायक  कोषाध्यक्ष निम लामा दाबी गर्छन।
त्यसै गरि  अन्त्यमा   डिस्का डोजो  रेनोल्डसवर्गका तर्फबाट प्रशिक्षक  तुला ढकालले धन्यवाद मन्तव्य दिएका थिए भने सोकि रन राईले सबैलाई धन्यवाद दिदै कार्यक्रम  समापन गरेका थिए।image0.jpeg


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha