
नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाक्रीले गैरआवासीय नेपाली संघ(एनआरएनए)का सम्बन्धमा दिनुभएको आक्रोशपूर्ण अभिव्यक्तिले सम्पूर्ण गैरआवसीय नेपालीलाई दुखित तुल्याएको छ । एक गैरआवासीय नेपालीले राजनीतिक अधिकारसहितको नागरिकताको प्रसंग निकालेपछि आक्रोशित भएकी झाँक्रीले त्यसमा आपत्ति जनाउँदै कडा रूपमा प्रस्तुत भएकी थिइन् । झाँक्रीले पोडिएमबाट औँला ठड्याउदै प्रश्नकर्ता जवाफ मलाई पनि तपाईँहरुलाई जसरी चिच्याउन त आउँछ तर तपाईँहरूको अतिथि भएकाले चिच्याउनचाहिँ मिल्दैन जस्तो लाग्यो ।’ भन्दै जवाफ दिएकी थिइन् ।नेपालीलाई उचित शिक्षादीक्षा र रोजगारी दिन नसकेर विदेशिन बाध्य बनाउने नेपाल सरकारकै पूर्वमन्त्री झाँक्रीको यो अभिव्यक्ति निन्दनीय छ । सबै गैरआवासीय तथा स्वदेशमा बस्ने नेपालीले यसको भत्सर्ना गर्नुपर्छ । श्रम र श्रमिकको सम्मान गर्न नसक्ने यस्ता राजनीतिज्ञलाई नागरिककले बहिस्कार गर्नुपर्छ ।
-प्रकाश भट्टराई, हाल : न्युजिल्याण्ड