बुधबार, चैत्र ४, २०८२ | March 18, 2026

मलेसियामा नेपालीबीच जोहोर कप फुटबल प्रतियोगिता हुने, मलेसियन रिंगेट २० हजार पुरस्कार

मलेसियामा नेपालीबीच जोहोर कप फुटबल प्रतियोगिता हुने, मलेसियन रिंगेट २० हजार पुरस्कार

  • Naveen Sanchar

  • मङ्लबार, अशोज २, २०८०

  • 740
    Views
मलेसियामा नेपालीबीच जोहोर कप फुटबल प्रतियोगिता हुने, मलेसियन रिंगेट २० हजार पुरस्कार

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । मलेसियाको जोहोर राज्यमा प्रवासी नेपाली सम्मिलित जोहोर कप फुटबल प्रतिया्गिता हुने भएको छ । मलेसियास्थित नेप्लिज फुटबल कम्युनिटी(एनएफसी)को आयोजनामा आगामी नोभेम्बर १२ र १३ तारिखका दिन उक्त फुटबल प्रतियोगिता हुने भएको छ ।नेपालीको महान पर्व दीपावलीको अवसरमा आयोजना गरिने  प्रतियोगिता मलेशियाको जोहोर राज्यको एरेना मुत्यारा जोहोर ल्याण्ड खेल मैदानमा सञ्चालन हुनेछ ।प्रतियोगितामा मलेसियामा रहेका प्रवासी नेपाली समुदायका फुटबल टोलीको सहभागिता रहने आयोजकले जनाएका छन् । प्रतियोगिताका विजेताले ट्रफी सहित मलेसियन रिंगेट २० हजार पाउनेछन् भने उपविजेताले ट्रफी र १० हजार मलेसियन रिंगेट पुरस्कार प्राप्त गर्नेछन् । इच्छुक सहभागीलाई नाम दर्ताका लागि यथाशीघ्र सम्पर्क गर्न आयोजकले अनुरोध गरेका छन् ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha