शनिबार, अशोज २४, २०८३ | October 10, 2026

अनावश्यक सिलिण्डर सञ्चय नगर्न संघको अनुरोध

अनावश्यक सिलिण्डर सञ्चय नगर्न संघको अनुरोध

  • Naveen Sanchar

  • आइतवार, साउन २४, २०८३

  • 125
    Views
अनावश्यक सिलिण्डर सञ्चय नगर्न संघको अनुरोध
  • नवीनसञ्चार सम्वाददाता
    काठमाडौँ । पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिन्डर सञ्चय नगर्न उपभोक्तालाई नेपाल एलपी ग्यास उद्योग सङ्घले अनुरोध गरेको छ। भारतबाट सहजै एलपी ग्यासको आयात हुनुका साथै उद्योगबाट सिलिन्डर ‘रिफिलिङ’ गरी निरन्तर बजारीकरण भइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न सङ्घले सबैमा आग्रह गरेको हो।सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ “उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको ग्यास अभावको समस्या तत्कालै समाधान हुने देखिन्छ। आगामी दिनमा पनि ग्यास आपूर्तिमा समस्या नहुने भएकाले ग्यासको अभाव देखिने सम्भावना छैन । ”


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha