बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

कोषका लागि आर्थिक वर्ष २०७९।८० फलदायी

कोषका लागि आर्थिक वर्ष २०७९।८० फलदायी

  • Naveen Sanchar

  • बिहिबार, भदौ २८, २०८०

  • 243
    Views
कोषका लागि आर्थिक वर्ष २०७९।८० फलदायी

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०७९।८० मा विभिन्न महत्वपूर्ण उपलब्धि हासिल भएको जनाएको छ । उक्त आर्थिक वर्षमा कोषका प्रशासक जितेन्द्र धितालको नियुक्ति भई अर्थ मन्त्रालयसँग समझदारीपत्रमा हस्ताक्षर हुनुलाई कोषले महत्वपूर्ण उपलब्धिका रुपमा लिएको छ । योदानकर्ताका खाता अघिल्लो आर्थिक वर्षको समाप्तिसँगै सालतमामी गरिनु, सूचना प्रविधिको प्रयोग र संस्थागत सुशासनका लागि विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाबाट पुरस्कृत हुनु, योगदानमा आधारित निवृत्तिभरण योजनामा सरकारी स्वामित्वका संगठित संस्था सहभागी हुनु कोषको गत आर्थिक वर्षका महत्वपूर्ण उपलब्धिका रुपमा रहेका छन् । त्यसैगरी, संस्थागत रुपमा विभिन्न निकायसँग तथ्यांक आदान प्रदान हुनु,कागजरहित कार्यप्रणालीको सुरुवात हुनु, सूचना प्रणालीको लेखापरीक्षण हुनु, विपद् व्यवस्थापन प्रणालीको विकास गरिनु र समग्र क्षमता विकासका लागि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग समझदारीपत्रमा हस्ताक्षर हुनु यस अवधिका उल्लेखनीय उपलब्धि भएको कोषले जानकारी दिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha