सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

समय व्यवस्थापनका बहुआयामिक पक्ष

समय व्यवस्थापनका बहुआयामिक पक्ष

  • Naveen Sanchar

  • मङ्लबार, भदौ २६, २०८०

  • 199
    Views
समय व्यवस्थापनका बहुआयामिक पक्ष
तोमनाथ उप्रेती
उपसचिव
नेपाल सरकार
विषय प्रवेश
समय एक अदृश्य चीज हो । यो आफ्नै रफ्तारमा निरन्तर चलिरहेको हुन्छ । समय न छिटो चल्छ न ढिलो । यसको आफ्नै गति हुन्छ । तर पनि हामी शताब्दी, दशक, वर्ष, महिना, हप्ता, दिन, घण्टा, मिनेट, सेकेन्ड आदिमा समयलाई विभाजन गरी नाप्ने प्रयत्न गर्दछौँ । हामीलाई मन पर्ने र रमाइलो वातावरण हुँदा समय छिट्टै वितेजस्तो लाग्छ तर जब हामी आफूलाई मन नपर्ने र आफ्नो प्रतीकूल वातावरणमा रहँदा हामीलाई समय निकै ढिलो वितेजस्तो लाग्छ । तर यथार्थमा समयको गति सधै उस्तै र एउटै हुन्छ । संसारमा सबैभन्दा महत्वपूर्ण चीज भनेकै समय हो। किनकि समय एक पटक गुमेपछि फेरि कहिले फर्केर आउँदैन। समयलाई रोक्न र छेक्न सकिँदैन न यसलाई किन्न नै सकिन्छ। त्यसैले पनि समयको ठूलो महत्व रहेको हुन्छ। नारी–पुरुष, धनी–गरीब, कालो–गोरो, अग्लो–होँचो सबैका लागि समय समान रुपमा उपलब्ध रहे पनि कोही समयको सही उपयोग गरी सफलताको चुचुरो चुम्ने गर्दछन् भने कोही ठीक समयमा ठीक निर्णय एवं कार्य गर्न नसक्दा दुःखी जीवन बिताउन बाध्य हुन्छन्। त्यसैले पनि समय–व्यवस्थापनको विषय आज व्यवस्थापनका सन्दर्भमा औधी लोकप्रिय बनेको छ ।
समय व्यवस्थापनको अवधारणा 
समय व्यवस्थापन व्यवास्थापनको एक नवीन अवधारणा हो। यसले उपलब्ध समयलाई के–कसरी उपयोग गरी लक्ष्य प्राप्त गर्ने भन्ने सन्दर्भमा मार्ग प्रशस्त गर्दछ। आफ्ना कामहरूलाई प्राथमिकताका आधारमा विभाजन गरी महत्वका आधारमा ती कामहरु सम्पादन गर्न उपलब्ध समयको सदुपयोग गर्नु नै समय व्यवस्थापन हो। समयको सीमालाई ध्यानमा राखेर आफ्नो क्रियाकलाप वा स्वयं आफूलाई व्यवस्थित गर्नुलाई समय व्यवस्थापन भनिन्छ। थोरै समयको प्रयोग गरी बढी उत्पादन गर्नु समय व्यवस्थापनकै उपज हो। कुनै पनि मानिस जीवनमा असफल हुन चाहँदैन । सफलताको शिखरसम्म पुग्ने चाहना जोसँग पनि चाहना हुन्छ, तर धेरैजसो मानिसले सोचेजस्तो सफलता हासिल गर्न सकिरहेका छैनन्, यसको एउटै कारण हो, हामीले आफू स्वयं, आफूले दैनिक रूपमा गर्नुपर्ने काम, काम गर्ने शैली तथा समयलाई सही ढंगले व्यवस्थित गर्न सकिरहेका हुँदैनौं । व्यापार, व्यवसाय, जागिर, पढाइ वा करियरका जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न स्पष्ट उद्देश्य र लक्ष्य हुनुपर्छ । सोही अनुरूपको कार्य योजना, सकारात्मक सोच, उद्देश्य प्रतिको दृढता एवं इमान्दारिताको पनि खाँचो हुन्छ । त्यसका साथमा सबैमा समयको सदुपयोग गर्ने कला हुनुपर्छ । समय एक अदृश्य चीज हो। यो आफ्नै रफ्तारमा निरन्तर चलिरहेको हुन्छ। समय न छिटो चल्छ न ढिलो। यसको आफ्नै गति हुन्छ। तर पनि हामी शताब्दी, दशक, वर्ष, महिना, हप्ता, दिन, घण्टा, मिनेट, सेकेन्ड आदिमा समयलाई विभाजन गरी नाप्ने प्रयत्न गर्दछौँ। हामीलाई मन पर्ने र रमाइलो वातावरण हुँदा समय छिट्टै बितेजस्तो लाग्छ। तर जब हामी आफूलाई मन नपर्ने र आफ्नो प्रतिकूल वातावरणमा हुन्छौँ, हामीलाई समय निकै ढिलो बितेजस्तो लाग्छ। तर यथार्थमा समयको गति सधै उस्तै र एउटै हुन्छ।
समयलाई कसैले रोक्न सक्दैन, न त हामी यसलाई चाहेजस्तो ढिलो वा छिटो नै गर्न सक्छौँ, तर आफूलाई समयानुकूल बनाउन भने पक्कै सकिन्छ । नेपालीमा एउटा भनाइ प्रचलित छ, समयभन्दा अघि र भाग्यभन्दा बढी केही पनि पाइँदैन । समयअनुसार आफ्नो काम गर्ने शैलीलाई गतिशील बनाउन सकिएन भने यसले धेरै अवसरहरूबाट किनारा लगाउँदै जान्छ, फलस्वरूप सफलताको बाटो कठिन बन्न पुग्छ । धेरै मानिसलाई लाग्छ कि काममा लामो समयसम्म व्यस्त रहनु नै सफलताको सूत्र हो । एक किसिमबाट यो सही हो, तर लामो समयसम्म व्यस्त रहनुमात्र सफलता होइन । बरु, थोरै समयमा पनि प्रभावकारी किसिमबाट कार्य सम्पन्न गर्न सक्नु सफलताको संकेत हो । जुनसुकै पेसामा लागेको व्यक्ति भए पनि आफूले दैनिक गर्नुपर्ने कामहरूलाई त्यसको महत्त्वका आधारमा प्राथमिकता निर्धारण गरी सम्पन्न गर्न सकियो भने समय खेर जान पाउँदैन । यसका लागि आफूले गर्नैपर्ने कामहरूको सूची बनाउन सकिन्छ । दैनिक, साप्ताहिक वा मासिक रूपमा गर्नुपर्ने कामहरूको सूची बनाएर काम गर्दा एकातिर धेरै काम गर्न सम्पन्न गर्न सकिन्छ भने अर्कातिर ठीक समयमा काम गर्ने बानीको विकास हुन्छ ।
एक दिनमा जम्मा २४ घण्टा, २४ घण्टामा १४४० मिनेट   मात्रै हुन्छ । दिनभीरमा हामीले गर्नुपर्ने काम धेरै हुन्छन्, तर समय भने उति नै हुन्छ । दिन–रात गरेर २४ घण्टा । थोरै समयकै कारण आफूले गर्नैपर्ने काम गर्न नसकेर पछाडि पर्नु भने हुँदैन । आफ्ना कामहरुलाई प्राथमिकताका आधारमा विभाजन गरी महत्वका आधारमा ती कामहरु सम्पादन गर्न उपलब्ध समयको सदुपयोग गर्नु नै समय व्यवस्थापन हो । समय व्यवस्थापनको सिद्धान्तले समयलाई खेर नफाली प्रत्येक पलको सक्दो सदुपयोग गर्नुपर्दछ भन्ने मान्यता राख्दछ । निश्चित कार्य सम्पादन गर्दा  कार्यदक्षता एवम् उत्पादकत्व वृद्धि गरी समयमै लक्षित उद्देश्य हासिल गर्न समय व्यवस्थापनले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । समय व्यवस्थापन एक यस्तो तकनिक हो, जसले व्यक्तिगत एवम् संस्थागत उद्देश्य प्राप्त गर्न ठीक समयमा ठीक ठीक कामहरु सम्पन्न गर्न दीशानिर्देश गर्दछ । थोरै समयको प्रयोग गरी बढी उत्पादन गर्नु पनि समय व्यवस्थापनकै उपज हो ।
संसारमा सबैभन्दा महत्वपूर्ण चिज भनेकै समय हो । किनकि समय एक पटक गुमेपछि फेरि कहिले  फर्केर आउँदैन । समयलाई रोक्न र छेक्न सकिदैन न त यसलाई किन्न नै सकिन्छ । त्यसैले पनि समयको ठूलो महत्व रहेको हुन्छ । नारी–पुरुष, धनी–गरीब, राजा–रङ्क, कालो–गोरो, अग्लो–होँचो सबैका लागि एक दिनमा २४ घण्टा नै प्राप्त हुन्छ । सबैका लागि समय समान रुपमा उपलब्ध रहे पनि कोही समयको सही उपयोग गरी सफलताको चुचुरो चुम्ने गर्दछन् भने कोही ठीक समयमा ठीक निर्णय एवम् कार्य गर्न नसक्दा दुःखी जीवन विताउन बाध्य हुन्छन् । त्यसैले पनि समय–व्यवस्थापनको विषय आज व्यवस्थापनका सन्दर्भमा औधि लोकप्रिय बनेको हो ।
संसारमा सफल भएका व्यक्तिहरूले संघर्षका दिनमा आफ्नो समय कसरी व्यवस्थापन गरेका थिए र सफलता हात पारेपछि पनि समयकोे व्यवस्थापन कसरी गरिरहेका छन् भन्ने थाहा पाउँदा समय व्यवस्थापन गर्न सजिलो हुन्छ । उपलब्ध समयलाई कामको जरुरीपना र महत्वका आधारमा सुझबुझपूर्ण तवरले विनियोजन गरी कार्यसम्पादन गर्नुलाई समय व्यवस्थापन भनिन्छ । कम समयमा बढीभन्दा बढी कार्य गरी व्यक्तिगत र सार्वजनिक जीवनबीच तालमेल मिलाउने व्यवस्थापकीय सीप पनि समय व्यवस्थापन हो। सफल व्यक्ति, उच्च प्रगति गरेका संस्था एवं समृद्ध मुलुकको सफलताको पृष्ठ कारण समयको उचित व्यवस्थापन रहेको पाइन्छ ।
समय व्यवस्थापनको आवश्यकता
सार्वजनिक निकायमा समय व्यवस्थापनको आवश्यकता कार्यालय वा सङ्गठनको रणनीतिक उद्देश्य हासिल गर्न,वार्षिक नीति तथा कार्यक्रमको लक्ष्य निर्धारित समयभित्रै हासिल गर्न,जरुरीपना र महत्वका आधारमा कामको वर्गीकरण गरी कार्य सम्पादन गर्न,सेवा प्रवाहलाई छिटो, छरितो, भरपर्दो र गुणस्तरीय बनाउन,कार्यालयबाट सञ्चालित कार्यक्रम र परियोजनाहरू निर्धारित लागत र समयमै सम्पन्न गर्न, कार्यालयको सञ्चालन खर्च न्यूनीकरण गरी नागरिकले तिरेको करको सदुपयोग गर्न,कार्यसम्पादनको दौरानमा कार्यबोझका कारण हुने तनाव व्यवस्थापन गर्न,कार्यालयलाई चुस्त र दुरुस्त राखी संस्थागत ख्याती अभिवृद्धि गर्न,समय पालना र अनुशासनजस्ता निजामती कर्मचारीका आचरणहरू पालना गर्न, गराउन,कर्मचारीको कामचोर प्रवृत्तिलाई पहिचान गरी न्यूनीकरण गर्न,कामदार कर्मचारीबाट बढी उत्पादकत्व हासिल गर्न,सङ्गठन र व्यक्तिगत जीवनबीच उचित तालमेल मिलाउन,कर्मचारीमा काम साँच्ने बानीको अन्त्य गर्न, नागरिकप्रति जवाफदेही हुन्, कार्यदक्षता र कार्य कुशलता वृद्धि गरी गुणात्मकता कायम गर्न,स्रोत र साधनको समूचित प्रयोग गरी लक्षित उद्देश्य हासिल गर्न,अधिक कामका कारण हुने तनाव कम गर्न,व्यक्तिगत स्वतन्त्रता र सन्तुष्टि बढाउन ,विकल्पहरुको खोजी गरी सही समयमा सही विकल्पको उपयोग गर्न समय  व्यवस्थापनको आवश्यकता पर्दछ ।
समयको उचित व्यवस्थापन गर्न नसक्ने मानिस अफिस र समाजमा कहिल्यै पनि आफ्नो व्यक्तित्वको विकास गर्न सक्दैन । एक सफल व्यक्ति बन्न समय व्यवस्थापनले सहयोग गर्दछ । समयको महत्व नबुझ्ने र समय व्यवस्थापन गर्न नसक्ने व्यक्ति कहिले पनि व्यवस्थापक बन्न सक्दैन र ऊ माथिल्लो पदमा पनि पुग्न सक्दैन । ब्लडप्रेशरको रोगीले समयमा औषधि नखाँदा उसलाई हृदयघात हुनसक्छ । समयमा अस्पताल नपु¥याउँदा विरामीको मृत्यु हुनसक्छ । समयमा परीक्षाहलमा नपुग्ने विद्यार्थी परीक्षा दिनबाट बन्चित हुनु पर्दछ ।  अन्तरवार्तामा समयमा नपुग्ने व्यक्तिले जागिर पाउन सक्दैन । समयमा निर्णय लिन नसक्दा संस्थालाई अर्बाैँको रकम नोक्शानी हुनसक्छ । तोकिएको समयमा साँवा–व्याज नबुझाउनेले हर्जाना तिर्नु पर्दछ । समयमा विमानस्थल नपुग्दा हवाइजहाज छुट्न सक्छ ।समयको उचित व्यवस्थापन गर्न नसक्ने मानिस अफिस र समाजमा कहिल्यै पनि आफ्नो व्यक्तित्वको विकास गर्न सक्दैन। एक सफल व्यक्ति बन्न समय व्यवस्थापनले सहयोग गर्दछ।माथिका यी उदाहरणहरूबाट समय र समय व्यवस्थापनको कति महत्व छ भन्ने कुरा प्रष्ट हुन जान्छ। बेन फ्रन्कलिनले समयलाई पैसा भनेका छन्। हुन पनि हो समय मानिसका लागि सबैभन्दा महत्वपूर्ण स्रोत हो, जसको सदुपयोग गर्नसके मानिस मालामाल हुन सक्छ। समय व्यवस्थापनकै सन्दर्भमा नेपोलियनको एक भनाइ निकै सान्दर्भिक मानिन्छ। उनले भनेका छन् “तिमी मलाई युद्ध हार्दै गरेको भेटाउला। तर, एक मिनेट पनि समय खेर फालेको भेट्टाउँदैनौँ।” वास्तवमै समयको सही व्यवस्थापन भनेको समयको भरपूर उपयोग नै हो।
सार्वजनिक निकायमा समय व्यवस्थापन गर्ने उपाय
कार्यालयमा सम्पादन गर्नुपर्ने कामलाई जरुरीपना र महत्वका आधारमा वर्गीकरण गरी गर्नुपर्ने कामलाई तत्काल सम्बोधन गरेर, कार्ययोजनामा समावेश गरेर, मातहतमा प्रत्यायोजन गरेर वा पन्छाएर उपलब्ध समयको व्यवस्थापन गर्न सकिन्छ। समग्रमा सार्वजनिक निकायमा समय व्यवस्थापन गर्ने उपायहरूमा आन्तरिक तथा बाह्य सञ्चारलाई प्रभावकारी बनाएर, कार्यालय प्रमुखले समय व्यवस्थापनलाई प्राथमिकतामा राखेर,समय व्यवस्थापनसम्बन्धी निर्देशनहरू जारी गरेर,समय व्यवस्थापन तालिम सञ्चालन गरेर,चुस्त र छरितो सङ्गठन संरचना निर्माण गरेर,स्पष्ट जिम्मेवारी प्रदान गरी काममा दोहोरोपना न्यूनीकरण गरेर, कार्यबोझसमेत विचार गरी अधिकार प्रत्यायोजन गरेर,कामको प्राथमिकीकरण गरी सम्पादन गरेर,मासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक लक्ष्य निर्धारण गरेर,सम्पादन हुन नसकेका कार्यलाई वर्गीकरण गरी काम बाँकी फाइल खडा गरी अभिलेखीकरण गरेर,कार्यालयको काममा विचलन ल्याउने फोन कल, भेटघाट, इमेल आदिलाई पन्छाएर,भेटघाटका लागि अग्रिम समय लिनुपर्ने पद्धति स्थापित गरेर,कार्यान्वयन कार्ययोजना निर्माण गरेर,दैनिक कार्यतालिका निर्धारण गरेर, कार्यसम्पादनमा सूचना प्रविधिको उपयोग गरेर समय व्यवस्थापन गर्न सकिन्छ ।
प्रभावकारी समय व्यवस्थापनका निम्ति कामहरुको सूचि बनाई प्राथमिकताका आधारमा क्रमशः ती कामहरु पूरा गर्दै जानु पर्दछ । विहानै उठ्ने, महत्व र जरुरीका आधारमा कामको विभाजन गरी समय व्यवस्थापन म्याट्रिक्सलाई ‘फलो’ गर्ने, फोन, इमेल, च्याट जस्ता कुराहरुका निम्ति अधिक समय खेर नफाल्ने, बोलीभन्दा कामलाई प्राथमिकता दिने आदि उपायहरुको अबलम्बन गरी समय व्यवस्थापन गर्न सकिन्छ । कुनै पनि काम सुरु गर्दा सबैभन्दा पहिले त्यसको योजना बनाई लक्ष्य तथा उद्देश्यहरुको किटानी गर्नु पर्दछ । अनि कुन–कुन काम गर्न के–कति समय लाग्ने हो सोको लिस्ट तयार गरी महत्वका आधारमा ती कामहरुको रेङ्किङ्ग गर्नु पर्दछ ।साप्ताहिक रुपमा गरिने कामहरुको सूचि निर्माण गर्ने । त्यसमा पनि आफ्ना उद्देश्य, कार्य र मानिसँग गरिने वार्तालापहरुलाई सूचिबद्ध गर्नु पर्दछ । यसबाट आफूले केकति महत्वका कामहरुका लागि के कति समय छुट्टयाइएको थियो भन्ने कुरा प्रष्ट हुन्छ । जसले गर्दा कम महत्वका कामका लागि कम समय र बढी महत्वका लागि बढी समय छुट्टयाउन मद्दत मिल्छ ।  त्यसैगरी लक्षित उद्देश्य प्राप्त गर्न महत्वपूर्ण ठानिएका कार्यहरुका निम्ति बढी समय दिनु पर्दछ । प्रत्येक दिन दिनभरि गरिने सम्पूर्ण कार्यहरुको योजना बनाउन केही समय छुट्टयाउनु पर्दछ । अत्यधिक कामको चाँप पर्दा भेटघाट, फोनकल, च्याट जस्ता कार्यहरुलाई पूर्ण रुपमा बन्द गर्नु जरुरी हुन्छ । आफूले कुन समयमा काम गर्दा सो काम प्रभावकारी बन्न सक्छ भन्ने कुरा पहिले नै छुट्टयाई सोही समयमा महत्वपूर्ण काम गर्नु पर्दछ । सबै काम आफैले गर्छु भन्ने मानसिकता त्यागी आफ्ना मातहतका कर्मचारीहरुलाई कामको बाँडफाँड गर्नु पर्दछ । आधुनिक प्रविधिको प्रयोगमा विस्तार जोड दिनु पर्दछ साथै यस्ता प्रविधिहरुको प्रयोग गर्दा सचेत हुनु जरुरी छ ।   महत्वपूर्ण काम सम्पन्न भएपछि आफै पुरस्कृत गर्न सानो फङ्सनको आयोजना गर्नु उचित हुन्छ । यसले समय व्यवस्थापनमा उत्प्रेरणा प्रदान गर्दछ ।
प्रभावकारी समय व्यवस्थापनका लागि दिनमा एक पटक मात्रै मेल र ईमेल चेक गर्ने,ईमेलको उत्तर दिनुपर्नेछ भने पनि तत्कालै उत्तर दिई हाल्ने ,समय कम भएको अवस्थामा मोबाइल अफ गरेर पूरै ‘डिस्कनेक्टेड’ भएर बस्ने,मिटिङ छ भने पनि लगालग एकपछि अर्को मिटिङ राख्ने, तर, अर्को मिटिङमा राख्नुपर्ने केही कुरा छुटेको छ भने त्यसबारे सोच्न र दिमागमा फुरेको कुरा टिप्न केही समय छुट्ट्याउने,आफ्नो समय कसरी के–के काममा खर्च भइरहेको छ, हामीमध्ये कतिपयलाई पत्तै हुँदैन । त्यसैले बेलाबेलामा समय कसरी बितिरहेको छ भन्ने समीक्षा गर्नुपर्दछ । नचाहिँदा काममा धेरै समय बितिरहेको छ कि भनेर पत्ता लगाउने यो सबैभन्दा उत्तम तरिका हो ।जतिबेला पनि काम मात्रै गरिरहँदा यसले हाम्रो उत्पादन क्षमतामा मात्रै नभएर र शरीरमा पनि नकारात्मक प्रभाव पारिरहको हुन्छ । त्यसैले कहिलेकाँही कामबाट थोरै फूर्सद निकाल्नु पर्दछ । यसले व्यक्तिलाई प्रभावकारी र थप उत्पादनमूलक बन्न ऊर्जा दिन्छ ।हामीमध्ये कतिपयको बानी हुन्छ समय कम भए पनि यो काम पनि आफैं गर्छु त्यो काम पनि आफैं गर्छु भन्ने । तर, यस्तो गर्दा भनेको समयमा सबै काम पूरा गर्न सकिँदैन । त्यसैले आपूmले भ्याउने कामका लागि कठोर तर वास्तविक समयसीमा तोक्नुहोस् । हरेक काम हामीले सोचेको समयमै पूरा गर्न सक्दैनौं । कहिलेकाँही काम पूरा गर्न सोचेको भन्दा अलि बढी समय लाग्दछ । त्यसैले समयसीमा तोक्दा यी सबै कुरालाई पनि ध्यान दिनुपर्दछ ।निद्रा हाम्रो लागि निकै महत्वपूर्ण हुन्छ । दिनभरी थाकेको शरीर र दिमागलाई आराम दिन पनि राति मस्तसँग निदाउनु आवश्यक छ । निद्रा बिगारेर अबेरसम्म काम गर्ने वा अन्य गतिविधि गर्नु पनि राम्रो हुँदैन । यसले समय व्यवस्थापनमा मात्रै नभएर उत्पादनशीलतामा पनि हानी पु¥याउँछ ।
थामा काम र समयको सूचि त बनाउने तर, त्यसलाई व्यवहारमा नउतार्ने गरेको पनि देखिन्छ । त्यसैले समय व्यवस्थापनमा ठीक समयमा ठीक काम गर्ने प्रण गर्दै सो कार्यलाई व्यवहारमा उतार्नु जरुरी हुन्छ ।सधैँ कसिलो सूचिका साथ काम गर्दा मानसिक तनाव पनि देखा पर्न सक्दछ । त्यसैले बेलाबेलामा विभिन्न किसिमका खेलकूद एवम् मनोरञ्जनका कार्यक्रमहरु आयोजना गरी आफू र आफ्ना मातहतका कर्मचारीहरुलाई सहभागी गराउनु पर्दछ । यसले उत्पादकत्व वृद्धिमा सहयोग गर्दछ ।
आफ्ना कामहरूलाई प्राथमिकताका आधारमा विभाजन गरी महत्वका आधारमा ती कामहरु सम्पादन गर्न उपलब्ध समयको सदुपयोग गर्नु नै समय व्यवस्थापन हो। समय व्यवस्थापनको सिद्धान्तले समयलाई त्यसै खेर नफाली प्रत्येक पलको सक्दो सदुपयोग गर्नुपर्दछ भन्ने मान्यता राख्दछ। निश्चित कार्य सम्पादन गर्दा कार्यदक्षता एवं उत्पादकत्व वृद्धि गरी समयमै लक्षित उद्देश्य हासिल गर्न समय व्यवस्थापनले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। समय व्यवस्थापन एक यस्तो कौशल हो, जसले व्यक्तिगत एवं संस्थागत उद्देश्य प्राप्त गर्न ठीक समयमा ठीक ठीक कामहरू सम्पन्न गर्न दिशानिर्देश गर्दछ। थोरै समयको प्रयोग गरी बढी उत्पादन गर्नु पनि समय व्यवस्थापनकै उपज हो।
समयको व्यवस्थापन गर्ने सन्दर्भमा कामको प्राथमिकीकरण
समयको व्यवस्थापन गर्ने सन्दर्भमा कामहरुको प्राथमिकीकरण निम्नानुसार गर्नु पर्दछ भन्ने मान्यता राख्दछ ।
पहिलोः महत्वपूर्ण र जरुरी कामहरु
दोस्रो : महत्वपूर्ण तर कम जरुरी कामहरु
तेस्रो : महत्वपूर्ण नभएको तर जरुरी कामहरु
चौथौः महत्वपूर्ण नभएको र कम जरुरी नभएको कामहरु
निश्कर्ष
समय व्यवस्थापन व्यवास्थापनको एक नवीन अवधारणा हो । यसले उपलब्ध समयलाई के–कसरी उपयोग गरी लक्ष्य प्राप्त गर्ने भन्ने सन्दर्भमा मार्ग प्रशस्त गर्दछ । आफ्ना कामहरुलाई प्राथमिकताका आधारमा विभाजन गरी महत्वका आधारमा ती कामहरु सम्पादन गर्न उपलब्ध समयको सदुपयोग गर्नु नै समय व्यवस्थापन हो । समयको उचित व्यवस्थापन गर्न नसक्ने मानिस अफिस र समाजमा कहिल्यै पनि आफ्नो व्यक्तित्वको विकास गर्न सक्दैन । एक सफल व्यक्ति बन्न समय व्यवस्थापनले सहयोग गर्दछ । समयको महत्व नबुझ्ने र समय व्यवस्थापन गर्न नसक्ने व्यक्ति कहिले पनि व्यवस्थापक बन्न सक्दैन र ऊ माथिल्लो पदमा पनि पुग्न सक्दैन । समयमा परीक्षाहलमा नपुग्ने विद्यार्थी परीक्षा दिनबाट बन्चित हुनु पर्दछ ।   समयको सीमालाई ध्यानमा राखेर आफ्नो क्रियाकलाप वा स्वयम् आफूलाई व्यवस्थित गर्नुलाई समय व्यवस्थापन भनिन्छ । थोरै समयको प्रयोग गरी बढी उत्पादन गर्नु पनि समय व्यवस्थापनकै उपज हो । तर, सधैँ कसिलो सूचिका साथ काम गर्दा मानसिक तनाव पनि देखा पर्न सक्दछ । यस कूरामा सचेत हुनु पर्दछ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha