बुधबार, असार १०, २०८३ | June 24, 2026

हेमोडायलायसिस सेवा विस्तार गर्न कीर्तिपुरवासि नागरिकको सक्रियता

हेमोडायलायसिस सेवा विस्तार गर्न कीर्तिपुरवासि नागरिकको सक्रियता

  • Naveen Sanchar

  • बुधबार, जेष्ठ २०, २०८३

  • 122
    Views
हेमोडायलायसिस सेवा विस्तार गर्न कीर्तिपुरवासि नागरिकको सक्रियता

जेठ २०, काठमाडौं । देशमा हाल बढ्दै गएको मृगौलासम्बन्धी बिरामीहरुको नियमित उपचार हेमोडायलायसिस सेवा विस्तारका लागि कीर्तिपुरवासि नागरिक जुटेका छन् । कीर्तिपुर क्षेत्रमा पनि डायलायसिस उपचार गर्दै आएका बिरामीहरुको चाप बढ्दै गएपछि कीर्तिपुर अस्पतालमा डायलायसिस सेवा अपुग भएको भन्दै सोको विस्तारका लागि विगत केहि महिनादेखि छलफल, भेला हुॅदै आएको बताइर्एको छ ।
हाल कीर्तिपुर अस्पतालमा ५ वटा डायलायसिस मेसिनबाट २ शिफ्‌टमा सेवा उपलब्ध हुॅदै आएकोमा थप २ वटा मेसिन थप्ने गरि आर्थिक संकलन अभियान संचालनका लागि नागरिकस्तरबाट समिति गठन गरिएको जानकारी प्राप्त भएको छ । जेठ २० गते बुधवार बिहान स्थानीय कृष्ण क्याटरिङ हलमा भएको नागरिक, बुद्धिजीवि प्राज्ञिक तथा सामाजिक ब्यक्तित्वहरुको भेलाले समाजसेवी नन्दकुमारी महर्जनको संयोजकत्वमा राजकमल महर्जन सचिव रहेको डायलायसिस सेवा विस्तार संयोजन समिति गठन गरिएको जनाएको छ । भेलाले कीर्तिपुर अस्पतालमा तत्काल २ वटा मेसिन थप गरि सेवा संचालनमा ल्याउने सम्भावना भएकाले सोको आवश्यक पहल गर्ने निर्णय गरेको छ । भेलामा पूर्वमेयर रमेश महर्जन, त्रिविका पूर्व उपकुलपति प्रा. डा. हिराबहादुर महर्जन, प्रा. डा. शिवशरण महर्जन, लगायत पूर्वजनप्रतिनिधि र विभिन्न सामाजिक तथा पेसागत संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको बताईएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha