
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य कार्यक्रम अन्तर्गत नागार्जुन नगरपालिका वाड नं ९ मा सुझाव÷गुनासो संकलन् कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सेवाग्राहीले बाटो निर्माण, खानेपानी, विद्युत तथा ढलका समस्याहरु राखेका थिए । सोही दिन वडासँगको समन्वयमा सार्वजनिक सुनुवार्इ समेत सम्पन्न भएको छ । काठमाडौँ जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीको प्रमुख आतिथ्य र वडाध्यक्ष रामकृष्ण भट्टराईको अध्यक्षतामा सम्पन्न सो सुनवाइमा उठेका प्रस्नहरुको प्रमुख अतिथि, वडाध्यक्ष, विषयगत कार्यालका प्रमुखहरुले जवाफ दिनु भएको थियो । उक्त वडामा सार्वजनिक सुनुवाई सम्पन्न गर्न समन्वय गरिदिएकोमा सहभागीले टीआई नेपाललाई धन्यवाद दिँदै आफ्ना जिज्ञासा राख्नु भएको थियो । सहभागीले रेबिजको खोप नपाएको,बाटोको स्तरोन्नति नभएको, खानपानीमा उपभोक्ताले जम्मा गरेको रकम पारदर्शी नभएको लगायतका विषय उठाउनु भएको थियो । सो सुनुवाइमा वडा सद्स्य,वडा कार्यालयका कर्मचारी, स्थानीय नागरिक, पत्रकार तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।