
काठमाडौँ । नागार्जुन नगरपालिकाले पशु चिकित्सक र कृषि स्नातक छनोटका लागि परीक्षा सञ्चालन गर्ने भएको छ । दुवै पदको परीक्षा आगामी असोज ६ गते, शनिबार बिहान ८ बजे नागार्जुन नगरपालिका, वडा नं.५, हरिसिद्धिस्थित जनउद्दार माविमा परीक्षा सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।परीक्षार्थीको प्रवेश पत्र परीक्षा सोही दिन बिहान ७ बजे परीक्षा केन्द्रम वितरण हुने नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । पशु चिकित्सकका लागि १२ र कृषि स्नातकका लागि १७ जना उम्मेद्वारको दरखास्त स्वीकृत भएको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । नगरपालिकाले श्रावण ३० गते उक्त पदका लागि दरखास्त आह्वान गरेको थियो ।
हेर्नुहोस् नागार्जुन नगरपालिकाद्वारा जारी सूचना: