शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

कृषकलाई तरकारीको बीउबिजन वितरण

कृषकलाई तरकारीको बीउबिजन वितरण

  • Naveen Sanchar

  • मङ्लबार, भदौ १९, २०८०

  • 119
    Views
कृषकलाई तरकारीको बीउबिजन वितरण

ललितपुर । गोदावरी नगरपालिका वडा नं ७, बुरुञ्चुलीमा(साबिक देवीचौर) ग्रामीण सामुदायिक संस्था विकास (रिकोड)ले २१ जना किसानलाई करेसाबारीमा लगाउनका लागि तरकारीको बीउबिजन वितरण गरेको छ ।रिकोडले देवीचौरमा सञ्चालन गरेको खाद्य सुरक्षा तथा पोषण सुधार परियोजना अन्तर्गत किसानलाई पोषणयुक्त खानेकुरामा अभ्यस्त गराउने उद्देश्यले बिउबिजन वितरण गरिएको रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले बताइन् ।रिकोडमा कार्यरत जेटिए सुशीला नगरकोटीले करेसाबारी उपयोग र बीउबिजन लगाउँदा अपनाउनु पर्ने सावधानीका बारेमा तालिम दिएकी थिइन् । रिकोडले ब्रो काउली, चुकन्दर, मुला, रायो, सलगम, प्याज, गाजर, पालुङ्गो, मेथी, केराउ, स्वीस साग, जिरीको साग लगायतका तरकारीको बीउ वितरण गरेको सहजकर्ता तिमल्सिनाले बताइन् । रिकोडको संयोजनमा यसअघि लामीडाँडा, देउराली, सारङ्गीडाँडा, देवीचौर, छोटीडाँडा , बाबियोगाउँ, जौबारी, गहुँबारी, माथिल्लो बुरुञ्चुली र मोतीडाँडाका आमा समूहमा आबद्ध किसानलाई तरकारीका बीउ उपलब्ध गराएको समूहकी अध्यक्ष कान्छी वाइपाले बताइन् ।तरकारीको बीउ वितरण गर्दै गोदावरी नगरपालिका वडा नं ७ का अध्यक्ष मथुराप्रसाद शर्माले खाद्य सुरक्षा र पोषण सुधारका लागि रिकोडले यहाँका किसानलाई जागरुक बनाएको बताए । उनले रिकोड र यसमा कार्यरत सहजकर्ताको दिनहुँको प्रयासबाट केही सकारात्मक नतिजाहरू देखिन लागेको समेत उल्लेख गरे ।कृषक रुपा तामाङले रिकोडले उपलब्ध गराएको तरकारीको बीउ करेसाबारीमा लगाउने बताउँदै आगामी दिनमा पोषणयुक्त र गाउँघरमै पाइने खानेकुरामा जोड दिने बताइन् ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha