शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

नबिल प्रिमियम नारी वचत खातामा विशेष तीज अफर

नबिल प्रिमियम नारी वचत खातामा विशेष तीज अफर

  • Naveen Sanchar

  • आइतवार, भदौ १७, २०८०

  • 54
    Views
नबिल प्रिमियम नारी वचत खातामा विशेष तीज अफर

नवीनसञ्चार सम्वाददाता

काठमाडौं । नेपाली नारीको नजिकिँदै गरेको महान पर्व तीजलाई लक्षित गरी नबिल बैंक लिमिटेडले महिला ग्राहकका लागि विशेष तीज अफर सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत “नबिल प्रिमियम नारी बचत खाता” खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् । साथै उक्त अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क समेतनिःशुल्क गरिएको छ । सीमित अवधिको लागि लागू हुने सो योजना अन्तर्गत नारी ग्राहक वर्गले असोज १५, २ गते सम्ममा “नबिल प्रिमियम नारी बचत खाता” खोल्नुपर्ने नबिलले जनाएको छ । नबिल नेपालको निजी क्षेत्रको एक अग्रणी बैंक हो । नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीलाई देशभरीको दुई सय ६५ शाखा र दुई सय ९८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा उदाहरणीय काम गर्दै आएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha