शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

गौहत्याविरुद्ध बुटबलमा उर्लियो जनसागर

गौहत्याविरुद्ध बुटबलमा उर्लियो जनसागर

  • Naveen Sanchar

  • शनिबार, भदौ १६, २०८०

  • 412
    Views
गौहत्याविरुद्ध बुटबलमा उर्लियो जनसागर

काठमाडौँ । गौहत्यविरुद्ध रुपन्देहीको बुटबलमा आयोजित वृहद् गोरक्षा शान्ति -यालीमा शनिबार हजारौँ सनातन धर्मावलम्बीले सहभागिता जनाएका छन् । गौमाताको रक्षाका लागि ‘गौहत्या बन्द गर’, ‘गौमताको जय होस्’, ‘हिन्दूविरोधी होसियार’ ,’गोवंशको रक्षा गर’ ,’धर्मान्तरण वन्द गर’, ‘गोचरणको व्यवस्था गर’ लगायतका गगनभेदी नारा लगाउँदै बुटबल चौराहबाट सुरु भएको -यालीका सहभागीले गोवंश हत्याविरोधी प्लेकार्ड र ब्यानर बोकेका थिए ।

युवादेखि वयोवृद्धको उपस्थिति रहेको कार्यक्रममा कामधेनु गौधाम, रुपन्देही संरक्षक गोव्रती योगी सोमराजजी महाराजले गौहत्या सनातन धर्मकै हत्या भएको हुँदा राष्ट्रिय जनावर गाईको रक्षा गर्नुपर्ने र गौहत्या गर्नेलाई कडा कार्वाही हुनुपर्ने माग गर्नुभएको थियो । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट ५१ वटा धार्मिक संघसंस्थाले सहभागिता जनाएका थिए ।


धरानमा भएको गौहत्यको विरोधमा गोव्रती योगी सोमराजजी महाराजको संयोजकत्वमा आयोजित उक्त पदयात्रा ट्राफिक चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।कोणसभामा राप्रपा नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देलले स्वतन्त्र रूपमा जागेको बुटवलको जागरणलाई आफ्नो संगठनको समर्थन् रहेको भन्दै अब प्रत्येक हिन्दुहरू सडकमा नआएसम्म हिन्दुराष्ट्र काय नहुने कुरा बताउनुभयो  । -यालीमा अध्यक्ष  लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही, रवीन्द्र मिश्र लगायत विभिन्न राजनीतिक दलका नेता समेत उपस्थित भई ऐक्यबद्धता जनाएका थिए ।

पदयात्रामा स्थानीय बासिन्दा, नागरिक समाज, विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, गौप्रेमी, धर्मानुरागी,पण्डित,गौसेवक, ज्योतिषी, सञ्चारकर्मी लगायत समाजका विभिन्न वर्गका व्यक्तिको सहभागिता रहेको थियो । गाई सनातन धर्मावलम्वीका लागि आमासमान भएकोले गौसंरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने विश्व ज्योतिष महासंघ, लुम्बिनी प्रदेशका सभापति एवं कार्यक्रमका सहसंयोजक जनार्दन न्यौपानेले बताउनुभयो ।

धर्म जागरण नेपालका संयोजक एवं पूर्वसांसद शंकरप्रसाद पाण्डेले यो वुद्दको भुमि अंग्रेजलाई परास्त गरेको जितगढी किल्लाको क्षेत्रमा भएको कार्यक्रमले अब देशभर एउटा जागरण ल्याउने बताएका थिए| संघीय सांसद ज्ञानेन्द्र शाहीले गौहत्यालाई कारबाही नगरे आफूहरु अब संसद अबरूद्ध गर्न पनि पछि नपर्ने कुरा व्यक्त गरेका थिए । त्यस्तै राप्रपा नेपालका उपाध्यक्ष रविन्द्र मिश्रले अमेरीका,वेलायत लगायतका कयौ देशमा राष्ट्रिय जनावरलाई कसैले सानो कष्ट मात्र पुर्याएमा पनि जेल जानुपर्ने कानुन रहेको भन्दै यहाँ ९० प्रतिशत भन्दा धेरैले माताको रुपमा पुज्ने संविधानत राष्टिय जनावर गाई गोरुको सामुहिक हत्या गरी भोज गर्दा समेत कारवाही नहुनु दुखद कुरा भएको बताएका थिए ।
कामधेनु गौधाम रुपन्देहीका संरक्षक तथा र्यालीका संयोजक गोब्रती योगी सोमराजले अब हिन्दुहरु चुप लागेर बस्नु हुदैन सबै जागेर हामी सबैको आस्थाको प्रतिक गाईको रक्षा गर्नुपर्ने र देशभर गौशाला स्थापना गरी गाईको सरक्षण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए | सभामा गोसंरक्षक बाबा योगिराज, विश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष बेनबहादुर क्षेत्री, हिन्दु धर्मरक्षा परिषद्का अध्यक्ष नारायण खनाल, विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ज्यो. जनार्दन न्योपाने महाकाल युवा शक्ति रुपन्देहीका अध्यक्ष धर्मराज विश्वकर्मा, किरात लिम्बु समाज रुपन्देहीका अध्यक्ष लिलाधर किरात राई, , वैदिक धर्म परिषद्का पं.पुरुषोत्तम पाण्डे, विश्व शान्ति कामना परिवारकी हरिदासी माता, कथावाचक भीमकान्त भागवत,गौशाला संचालक एवम् गौरक्षक शिवशंकर गिरी लगायतले बोल्दै राज्यले गाइलाई राष्ट्रिय जनावर बनाएर पनि अपहेलना गरेको र ९२ प्रतिशतभन्दा बढी रहेका ॐकारको आस्थाको प्रतिक गोवंशको खुल्ला वधहुँदा समेत कारवाही नभएकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा अझै शशक्त रुपमा अघि बढ्ने उद्घोष गरेका थिए । विरोध सभा -यालिमा ५ हजारभन्दा धेरैको सहभागी भएको कार्यक्रमका सञ्चालक एवं प्रचार संयोजक कमल पौडेलले जानकारी दिए ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha