सोमवार, बैशाख १०, २०८१ | April 22, 2024

नबिल बैंकलाई ‘एम्बिशन्स एन्ड डेभलपमेन्ट’ एशियन अवार्ड

नबिल बैंकलाई ‘एम्बिशन्स एन्ड डेभलपमेन्ट’ एशियन अवार्ड

  • Naveen Sanchar

  • बुधबार, भदौ १३, २०८०

  • 44
    Views
नबिल बैंकलाई ‘एम्बिशन्स एन्ड डेभलपमेन्ट’ एशियन अवार्ड

काठमाडौं । नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ । कम्पास प्लस टेक्नोलोजीले नबिललाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो ।  कार्यक्रममा कम्पास प्लस टेक्नोलोजीका प्रतिनिधिले नबिलका प्रमुख अपरेटिङ अफिसर गणेशप्रसाद अवस्थीलाई उक्त अवार्ड प्रदान गर्नुभएको थियो । कार्यक्रममा बंगलादेश, कम्बोडिया, मलेसिया, भारत लगायत विभिन्न देशका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।

‘हामीले नेपालमा ल्याएको विभिन्न नवीनतम डिजिटल बैंकिङ सेवाहरूका लागि यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाउनु हाम्रो लागि गौरवको कुरा हो,’ नबिलका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले भन्नुभयो । यस अवार्डले बैंकलाई हौसला मिलेको बताउँदै उहाँले भन्नुभयो, ‘हामीले नेपालमा अन्तर्राष्ट्रिय डिजिटल बैंकिङ सेवाहरू ल्याएका छौं । यो सम्मानले पक्कै पनि हामीलाई डिजिटल बैंकिङमा ग्राहकहरूको अनुभवलाई सहज बनाउन थप काम गर्न प्रोत्साहित गरेको छ ।’ निजी क्षेत्रको पहिलो बैंक नबिलले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ प्रणाली ल्याएको थियो । नबिलले आफ्नो ३९ वर्षको यात्रामा बैंकिङ क्षेत्रमा नवीन तथा नयाँ प्रविधिहरू निरन्तर रुपमा भित्र्याउँदै आएको छ ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2024 and all right reserved to Naveen Sanchar Griha