शनिबार, जेष्ठ ३०, २०८३ | June 13, 2026

एभरेष्ट बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टले छुट दिने

एभरेष्ट बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टले छुट दिने

  • Naveen Sanchar

  • मङ्लबार, भदौ १२, २०८०

  • 258
    Views
एभरेष्ट बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टले छुट दिने

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड र हिमालय दृष्य रिसोर्ट धुलिखेल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसंगै बैंकका सम्पूर्ण ग्राहकले उक्त रिसोर्टमा १० प्रतिशत सम्मको छुट पाउने छन् ।बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेद्वारा हस्ताक्षरित उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले समेत सो विशेष छुटको लाभ लिन सक्नेछन् । सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख श्री पुष्प राज उप्रती, बजार विभागकी कर्मचारी एलिना कार्की तथा रिसोर्टका बजार विभागका कर्मचारी श्री सौजन्य के.सीको समेत उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha