
काठमाडौ । हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौं विभागको गुरुदक्षिणा समर्पण उत्सव अग्रवाल भवन कमलपोखरीको सभाहलमा सम्पन्न भएको छ ।कार्यक्रममा संघका राष्ट्रिय सह–संघचालक कल्याण तिमिल्सिना , राम कथावाचक अतुल कृष्ण शास्त्री,नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षित ,संघका वरिष्ठ अधिकारी, कार्यकर्ता,स्वयंसेवक र शुभचिन्तकको उपस्थिति रहेको थियो ।