बिहिबार, साउन २८, २०८३ | August 13, 2026

नेपाल उद्योग वाणिज्य महासंघद्वारा पर्यटन समिति विस्तार

नेपाल उद्योग वाणिज्य महासंघद्वारा पर्यटन समिति विस्तार

  • Naveen Sanchar

  • सोमवार, भदौ ११, २०८०

  • 621
    Views
नेपाल उद्योग वाणिज्य महासंघद्वारा पर्यटन समिति विस्तार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन तथा हवाई यातायायत समिति विस्तार गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा १७ सदस्यीय समिति मनोनयन गरिएको हो ।देशबन्धु बस्नेत सभापति रहनुभएको समितिको उपसभापतिमा टानका अध्यक्ष निलहरि बाँस्तोला र नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईँ हुनुहुन्छ ।समितिको सदस्यमा हानका अध्यक्ष विनायक शाह,नाराका अध्यक्ष शिव अधिकारी, एनटीभएका अध्यक्ष कुलप्रसाद न्यौपाने,वेष्ट रिसोर्टका प्रबन्ध निर्देशक सचिन ढकाल र पर्यटन बोर्डका तर्फबाट सिर्जना नेपाली रहनुभएको छ ।आमन्त्रित सदस्यमा रेवानका उपाध्यक्ष संघर्ष विष्ट, पाटा नेपाल च्याप्टर अध्यक्ष विभूति चन्द ठकुरी,होटल स्टर्न स्टारका अध्यक्ष भावेशकुमार श्रेष्ठ, एचपीएफएनका निवर्तमान अध्यक्ष अमृत भुजेल र एभरेष्ट ग्रूपका नर्देशक प्रनिल प्रधान रहेको छन्।यसैगरी समितिको सल्लाहकारमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, मेरिएट काठमाडौंका अध्यक्ष शशिकान्त अग्रवाल, लुम्बिनीका सद्भावना दूत विक्रम पाँडे काजी,डोल्मा फण्ड प्राक्टिक टुरिजमका प्रमुख उप्पल मजुम्दार हुनुहुन्छ ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha