बिहिबार, साउन ३, २०८१ | July 18, 2024

सिटिजन्स बैंकद्वारा उपभोक्ता समितिलाई कम्पोस्ट बिन बितरण

सिटिजन्स बैंकद्वारा उपभोक्ता समितिलाई कम्पोस्ट बिन बितरण

  • Naveen Sanchar

  • सोमवार, भदौ ११, २०८०

  • 75
    Views
सिटिजन्स बैंकद्वारा उपभोक्ता समितिलाई कम्पोस्ट बिन बितरण

काठमाडौँ ।  उत्तरदायी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कोल्हुवा शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, मध्यबिन्दु २ नवलपुरलाई १३ वटा प्लास्टिक कम्पोस्ट बिन हस्तान्तरण गरेको छ । बैंकले एक समरोहका बिच कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुबासचन्द्र नेपाललाइ सो सामाग्री हस्तान्तरण गरको हो । कम्पोस्ट बिनको प्रयोगले उपभोक्तका भान्छाघरमा प्रयोग भएका दैनिक उपभोग्य बस्तुहरु बाट उत्पन्न हुने नियमित फोहोरलाई व्यवस्थापन गर्न मद्दत गर्दछ । कम्पोस्ट बिनको प्रयोगद्वारा जैविक फोहोरलाई हटाएर समुदायले उत्पादन गर्ने समग्र फोहोरलाई कम गर्ने र स्थानीय फोहोर व्यवस्थापन प्रणाली र ल्यान्डफिल क्षमताहरूमा भार कम गर्ने विश्वास बैंकले लिएको छ ।आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Naveen Sanchar Griha