सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

मारवाडी समुदायद्वारा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसमक्ष दोषीउपर कारवाही गर्न माग

मारवाडी समुदायद्वारा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसमक्ष दोषीउपर कारवाही गर्न माग

  • Naveen Sanchar

  • आइतवार, भदौ १०, २०८०

  • 225
    Views
मारवाडी समुदायद्वारा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसमक्ष दोषीउपर कारवाही गर्न माग

काठमाडौँ । नेपाल राष्ट्रिय मारवाडी पारिषद्ले विगत केही समयदेखि विभिन्न सामाजिक सञ्जाल एवं सञ्चार माध्यमहरुबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईले मारवाडीले देशको अर्थतन्त्र तहस नहस पारेको आक्षेप लगाउँदै अवाञ्छित, गैरजिम्मेवार, लाञ्छनायुक्त अभिव्यक्ति दिई मारवाडी समुदायको स्वाभिमानमाथि गम्भीर आँच पु-याएकोमा उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठसमक्ष दोषीउपर कानून बमोजिम कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । सो अवसरमा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले आफूलाई यसबारे जानकारी रहेको र दोषी जो कोही भए पनि कानून बमोजिम कारवाही गर्ने आश्वासन दिनुभएको थियो ।

अंगीकृत नागरिकताको समस्या समाधान गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

भेटको अवसरमा मारवाडी सेवा समिति नेपालका महासचिव प्रमोद कुमार अग्रवालले संविधान र कानून बमोजिम अंगीकृत नागरिकता पाउन नसकेको र नागरिकताको लागि निवेदन दिएकाको निवेदन विभिन्न स्थानीय तहबाट सिफारिस भई जिल्ला प्रशासन कार्यालयमा थन्किएर बसेको हुँदा ती निवेदन गृह मन्त्रालयमा झिकाई आवश्यक निर्णयको लागि ध्यानाकर्षण गराउनु भएको थियो । प्रत्युत्तरमा गृहमन्त्री श्रेष्ठले अंगीकृत नागरिकताको विषयमा कार्य भइरहेको हुँदा चाँडै निर्णयमा पुग्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी पारिषद्का अध्यक्ष पवन मित्तल, मारवाडी सेवा समिति नेपालका कार्यबाहक अध्यक्ष निरञ्जन कुमार टीवरेवाला, परिषद्का महासचिव एवं पशुपति गौशाला धर्मशालाका अध्यक्ष चतुर्भुज सरिया, सेवा समितिका महासचिव प्रमोद कुमार अग्रवाल, पूर्व सभासद् विमल कुमार केडिया, मारवाडी युवा मञ्च काठमाडौँका महासचिव प्रकाश केजरीवाल, सचिव रितेश जाजोदिया, समाजका सदस्य अश्विन कुमार केडियाको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha